एमाओवादी, कांग्रेस र एमालेका ५ दर्जन कार्यकर्ता शिवसेनामा छिरे

८ जेठ,काठमाडौ। । प्रमुख दलहरु एमाओवादी, काग्रेस, एमाले, नेकपा–माओवादीका करिब पाँच दर्जन कार्यकताहरुले आ– आफ्नो पार्टी परित्याग गरेका छन् । प्रमुख पार्टी परित्याग गरेका उनीहरु राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा एमाओवादीका २१ जना, नेकपा–माओवादीका १०, नेकपा एमालेका ८ र नेपाली काग्रेसका ६ जना स्थानीय नेता कार्यकर्ताहरुले आ आफ्नो पार्टी परित्यागको घोषणा गर्दै राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका थिए ।



त्यसैगरी शिव सेना नेपालको सास्कृतिक विभागका अध्यक्ष डिक खड्का, खेलकुद विभाग अध्यक्ष सरिता सापकोटा, शिब सेना नेपाल विद्यार्थी संघका अध्यक्ष सोमप्रसाद गर्तौला र प्रचार विभाग अध्यक्ष अजय मल्ल ठकुरी सहित पुरै जिल्ला सम्मको संगठन नै सो पार्टीमा प्रवेश गरेको थियो । उनीहरुले पार्टीको विचार र सिद्धान्त स्पष्ट हुन नसकेकोले आफूहरुले पार्टी परित्याग गर्नु परेको दावी गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रम बहादुर बमले उनीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । स्वागत गर्दै नेपालको राष्ट्रियता, स्थायीत्व र समृद्धिको स्पष्ट खाँका सहित अगाडि बढेको आफ्नो पार्टीमा विभिन्न पार्टीबाट भईरहेको प्रवेशले आगामि संविधानसभाको निर्वाचनमा पार्टी नयाँ शक्तिको रुपमा उदाउने दावी गरे ।