प्रचण्डका कुरा सुन्दा रेखा भक्कानिएर रोइन्....(तस्विर सहित)
हास्दा हास्दै रोइन र रूँदा रुँदै हासिन रेखा
४ जेठ, काठमाडौ । नायीका रेखा थापा आजदेखी कमरेड रेखा भएकी छिन् । एमओवादीका अध्यक्ष प्रचण्डले अबिर तथा फूलमाला लगाएर उनलाई नायीका रेखा थापाको पहिचानमा नयाँ पहिचान कमरेड रेखा थपिदिएका हुन् ।
नायीका रेखालाई पार्टीमा प्रवेश गराएपछी प्रचण्डले खुसी सँगै आँशु पनि दिएका छन् । उनले पार्टी प्रवेश गराएपछि कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा रेखाले आँखाभरी आँशु समेत पारेकी थिइन् । कारण थियो, प्रचण्डले रेखाको हजुरबुबाको प्रसंग । रेखाका हजुरबुबा एक शहिद हुन् । मालेका सक्रिय नेता समेत रहेका शहीद क्याप्टेन यज्ञबहादुर थापालाई तत्कालिन समयमा मृत्युदण्ड दिइएको थियो ।
उक्त घटनालाई प्रचण्डले भन्दै गर्दा रेखाले आखाँ भरि आँशु पारेकी थिइन् । प्रचण्डको कुराले उनलाई आफ्ना हजुरबुबाको निकै याद आएको र उनको हत्याको कुरा सुनेर उनी भावविव्हल भएको प्रष्ट देखिएको थियो ।
पार्टी प्रवेशका क्रममा निकै हाँसो देखिएको अनुहार हजुरबुबाको कुराले मलिन भएको थियो । उनी प्रचण्डको हातबाट अबिर तथा फू॥माला लगाएर हास्दै पार्टी प्रवेश गरेकी उनको अनुहारमा केही बेर निकै चमक देखिएपनि उनको हाँसो केही बेरमा आशुमा परिणत भयो ।
प्रचण्डको कुरा सुन्दै गर्दा कहिले अनुहारमा हाँसो ल्याएकी थिइन् भने उनी हास्दाँ हास्दै रून समेत भ्याएकी थिइन् । रेखाले पनि सम्बोधनाक क्रममा आफूमा पनि राजनीतिको रगत दौडिरहेको बताएकी थिइन्