रेखाले अब तिघ्रा नदेखाउने …..

नायिका रेखा थापाले अब आफुले तिघ्रा देखाएर सिनेमामा काम नगर्ने बताएकी छिन् । रेखाले भनिन्, ‘म अब आफ्नो भूमिका र पहिरनमा परिवर्तन गर्छु ।’ छोटा पहिरनमा अंगप्रदर्शन गरेर चर्चित बनेकी नायिका थापाले २९ बर्षको उमेरमा आएर सारी तथा लामो पहिरन लगाउने सोचाईमा छिन् ।



चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेकी रेखा राजनीतिमा आउने सोचाइमा छिन् । यसैले पनि उनले चलचित्रमा भूमिका र पहिरन परिवर्तन गर्ने सोचाई राखेको वुझिएको छ । च्ययातिएको चप्पलले चल्ला जिन्दगी ?

चलचित्रको पर्दामा चिटिक्क र सुन्दर देखिएकी पनि कलाकारको पर्दा पछाडिको कथा बेग्लै हुन्छ । नायक नायिकाले लगाएको पहिरनको रहस्यबाट दर्शक बेखबर जस्तै हुन्छन् । एक चलचित्रको छायांकनको क्रममा नायिका रेखा थापाको चप्पलको रहस्य उदेक लाग्दो छ । चलचित्रको छायांकनका क्रममा विशेषगरी नायक तथा नायिका आफ्नो पहिरन आफै ल्याउने गर्छन् । अझ कलाकारको कपडा भाडामा ल्याएर फिर्ता नदिनु सिनेमा बनाउनेहरुको नियती नै हो ।

नायिका रेखा थापाले चलचित्र लंका को छायांकनको क्रममा लगाएको चप्पल सुपर ग्लुले टाल्दै लगाएको दृश्य दुखदायी थियो । रंगशालामा कालो स्यान्डल लगाएर पुगेकी रेखालाई चप्पल च्यातिएको थाहा पनि भएन छ । नाच्दा नाच्दा चप्पलको पछिल्लो भाग उक्किएपछि रेखाले एक स्पोर्ट व्याइलाइ सुपर ग्लुले टाल्न भनिन् । स्पोर्ट व्वाइले पनि जागर नै लगाएर रेखाको स्यान्डल टालिदिए । पर्दामा सुन्दर देखिएरै बिक्ने पेशा भएपनि नेपाली कलाकारले आफ्नो पहिरनमा खासै ध्यान दिएका हुदैनन् । झन निर्माणपक्षले कलाकारको पहिरनमा ध्यान नदिदा कलाकारहरु टालटुलमै काम चलाइरहेका हुन्छन् ।