नेपालको विकासका लागि ६ विलियन आवश्य : भट्टराई



अष्ट्रेलिया पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकासका लागि ६ विलियन रुपैयाँ आवश्यक भएको बताएका छन्।

अष्ट्रेलियामा पुगेका भट्टराईले नेपाल जनप्रगतिशिल मञ्च अष्ट्रेलियाको अधिवेशनमा सहभागीता जनाउदै छन् । भट्टराईले अष्ट्रेलियामा रहेका नेपाली सँग कुराकानी गर्दै नेपालको विकासका लागि अहिले ६ विलियन रुपैयाँ आवश्यक भएको तर नेपालमा मात्र २ विलियन भएको बताएका हुन् । भट्टराईले नेपालको विकासका लागि आर्थिक क्रान्ति टड्कारो आवश्यकता भएको बताएका छन् ।

भट्टराईले सबै मिलेर नेपालको विकासमा जुट्नुपर्नेमा जोड दिएका छन् । नेपालको विकासका लागि वैदेशिक लागानीको आवश्यकतामा समेत उनले जोड दिएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजित एक चियापान कार्यक्रममा नेपाली सँग कुरा गर्दै भट्टराईले नेपालको विकासका लागि वेदिशीको सहयोग आवश्यक भएको बताएका हुन् । अष्ट्रेलियामा रहेका धनी मानिसको सूचीमा चढेका नेपाली व्यवसायी शेष घले, एनआरएन प्रतिनिधि लगायतसँगको कुराकानीमा भट्टराईले यस्तो बताएका हुन् ।