मंसिरमा निर्वाचन नभए वर्तमान सरकार रहँदैन : ज्ञवाली
२९ चैत, दाङ । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले बर्तमान सरकारले नै चुनाव गर्न उपयुक्त हुने बताउनुभएको छ । रिपोर्टस् क्लवले दाङमा गरेको कार्यक्रममा उहाँले भन्नुभयो-’यो सरकार विघटन हैन, यही सरकारले नै निर्वाचन गर्नुपर्छ ।’ तर मंसिरमा पनि निर्वाचनको सुनिश्चितता नभए यो सरकारको निरन्तरता आवश्यक नरहने र रहन दिन नहुने उहाँले बताउनुभयो ।
दलीय सहमतिमा निर्वाचनको मिति तोकिनुपर्ने उल्लेख गर्दै नेता ज्ञवालीले त्यसका लागि दलहरुका बीचमा निर्वाचन लगायत साझा एजेण्डामा सहमति कायम हुनुपर्ने बताउनुभयो । पूर्व प्रशासकहरुले शासन गरिरहेको र दलहरु बाहिर बसेको अवस्था भए पनि यही सरकारले चुनाव गराउँछ भन्ने विश्वास भएको भन्दै उहाँले यो विश्वास भत्कन दिन नहुनेमा जोड दिनुभयो । दलहरुबीचको सहमति अहिलेको आवश्यकता भएको भन्दै उहाँले दलहरु मिल्न सके अहिलेको प्रक्रिया सफल हुने, अन्यथा असफल हुने बताउनुभयो ।
अर्को प्रसंगमा एमाले सचिव ज्ञवालीले माओवादीको देखाउने दात र चपाउने दाँत अर्कै भएकोले संविधान बन्न नसकेको आरोप लगाउादै एमाले पहिलो पार्टी भैदिएको भए संविधान बनिसक्ने दावी पनि गर्नुभयो ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं