ट्याक्टर पल्टिंदा ४ जनाको ज्यान गयो

रुकुम, चैत २३ – रुकुमको आठबिसकोटबाट झुलाको गाराघाटका लागि छुटेको लु २ त ९९४७ नम्बरको टयाक्टर दुर्घटना हुदा बिहीबार राति चार जनाको ज्यान गएको छ ।



मग्गा १ को गोरेकाँडाको मोडमा टयाक्टर पल्टिदा मग्मा ९ का ९ का ५५ वर्षीय कविराम खनाल, ४० वर्षीय कासीराम खनाल, मग्मा १ का ३५ वर्षीय रातो खत्री र मग्मा २ का ४० वर्षीय सर्जन खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।



दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर छ । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । काम सकेर घर फर्किरहेका स्थानीय वासिन्दा टयाक्टरमा चढेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।