बैंक तथा इन्स्योरेन्स कम्पनीको कारोबारमा उच्च गिरावट, नेप्से ०.७३ अंकले ओरालो
३ बैशाख, काठमाडौं । मंगलबार बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको कारोबारमा आएको गिरावटले सेयर बजार ओरालो लागेको छ । मंगलबार बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, इन्स्योरेन्स र अन्य समूहको कारोबारमा भारि गिरावट आएको छ ।
वर्षको पहिलो दिन सोमबार १ दशमलव ९९ अंकले ओरालो लागेको शेयर बजार मंगलबार शून्य दशमलव ७३ अंकले ओरालो लागेको छ । मंगलबार नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्ने ८ समूहमध्ये होटेल समूहको कारोबारमा शून्य दशमलव ७६ अंकले सुधार देखिएको छ भने निर्माण तथा उत्पादन समूहको कारोबारमा सामान्य सुधार देखिएको छ ।
मंगलबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयर मूल्य ५५ रुपैयाँ २ हजार १ सय १० रुपैयाँमा कारोबार भएको छ । नेपाल लाईफले मंगलबार १५ हजार ९ सय ४२ कित्ता शेयर ३ करोड ३५ लाख १६ हजार ९ सय ६९ रुपैयाँमा कारोबार गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि २३ रुपैयाँ घटेर ५ सय ३५ रुपैयाँमा कारोबार भयो ।
मंगलबार युनिलिभरका शेयरधनीहरु म्ालामाल भएका छन् । युनिलिभरको शेयर मूल्य १ सय ८५ रुपैयाँ बढेर ९ हजार ४ सय ८३ रुपैयाँमा कारोबार भएको छ । मंगलबार युनिलिभरको जम्मा १० कित्तामात्र शेयर कारोबार भएको छ । एशियन लाइफको शेयर मूल्य १ रुपैयाँ घटेर २ सय २२ रुपैयाँमा कारोबार भयो भने बुटवल पावर कम्पनीको शेयर मूल्य १२ रुपैयाँ घटेर ७ सय ५७ रुपैयाँमा कारोबार भयो । त्यस्तै, चिलिमे लघुविद्युत विकास बैंकको शेयर १५ रुपैयाँ घटेर ३ सय ८६ रुपैयाँमा, कुमारी बैंक लिमिटेड प्रमोटर शेयर १० रुपैयाँ घटेर १ सय १५ रुपैयाँमा, कन्काई विकास बैंकको १८ रुपैयाँ घटेर ७४ रुपैयाँमा, नबिल बैंक लिमिटेड प्रमोटर शेयर २१ रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँमा, स्ट्यान्डर्ड चार्टड बैंकको ११ रुपैयाँ घटेर १ हजार १ सय ८ रुपैयाँमा कारोबार भएको छ । स्ट्यान्डर्ड चार्टड बैंकको सोमबार पनि ३८ रुपैयाँ घटेर कारोबार भएको थियो ।
मंगलबार नेपाल स्टक एक्स्चेञ्जमा १ लाख ९८ हजार ४ सय ९० कित्ता शेयर ९ लाख ४९ हजार ५६ लाख ८ सय ५ करोड रुपैयाँमा कारोबार भएको छ ।