अमेरिकाले उत्तर कोरियालाई नियन्त्रणमा राख्न चीनलाई आग्रह
चैत ३० । अमेरिकाले कोरियाली प्रायद्धिपमा बढ्दो तनाव कम गर्न उत्तर कोरियालाई नियन्त्रणमा राख्न चीनलाई आग्रह गरेको छ । दक्षिण कोरियाको भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री जोन केरीले उतर कोरियासंग तत्काल सम्बाद गरी उसलाई नियन्त्रणमा राख्न निकै जरुरी रहेकोमा जोड दिनुभएको छ । चीन उतर कोरियाको सहयोगी राष्ट्र भए पनि तेश्रो आणविक परीक्षणपछि बेईजिङ र प्योङयाङबीचको सम्बन्ध चिसिएको अनुमान गरिएको छ ।
अमेरिकी प्रतिरक्षा मन्त्रालयको उतर कोरियाको आण्ँविक कार्यक्रम सम्बन्धी गोप्य प्रतिबेदन चुहिएको केही समयपछि अमेरिकाले चीनसंग उतरलाई नियन्त्रणमा राख्न आग्रह गरेको हो ।
उतर कोरियाले दक्षिण कोरिया र अमेरिकाका लक्षित ठेगानाहरुमा मिसाईल आक्रमणको चेतावनी दिदै गर्दा प्योङयाङसंग लामो दुरीको मार हान्न सक्ने आणविक हतियार रहे नरहेको बारे परस्पर विरोधी दाबीहरु सार्वजनिक हुन थालेका छन् । उतर कोरियाले आफ्ना लाखौं सैनिकहरु दक्षिण कोरिया र उसको सहयोगी राष्ट्र अमेरिकासंगको युद्धका लागि तयार रहेको बताउंदै आएको छ ।