शिक्षा मन्त्रालयका उपसचिव सेक्युरिटी गार्ड !

५ चैत, काठमाण्डौं । उच्च दक्ष आप्रवासी कार्यक्रम -हाइली स्किल्ड माइग्रेन्ट पोग्राम) मा पाँच बर्षअघि बेलायत छिरेका शिक्षा मन्त्रालयका एक उपसचिव सेक्युरिटी काममै रमाइरहेका छन् । कारण बसी बसी हुनेका, अनि चित्त बुझ्दो पारिश्रमिक ।


लन्डनको हङ्स्लो बस्ने उनीसँग बेलायती नागरिकता छ, परिवारका पनि सबैले पाइसके । बाहालवाला सरकारी कर्मचारी भएकाले उनी बेलाबखत नेपाल आउँछन् । जागिर जोगाछन् अनि फेरि युके पुगेर सुरक्षा गार्डमै रमाउँछन् । ‘युके बसेरै सहसचिव प्रमोसनको लाइनमा छन्,’ एक निकटस्थले भने ।

नेपालमा राम्रो हैसियत बनाएका अर्का एक बुद्धिजीवी’ यही भिसामा बेलायत पुगे, सुरुमा राम्रो कम्पनीमा जागिरे थिए उनी । तर आर्थिक मन्दीले कम्पनी बन्द भएपछि अस्पतालमा बिरामीलाई खाना खुवाउने काम सम्हाले । अहिले त बुढ्यौलीले अस्पतालबाट सेवानिवृत्तसमेत भइसके ।

विद्यावारिधि योग्यतापछि सोही कार्यक्रम अन्तर्गत बेलायत छिरेका अर्का एक नेपाली पनि केही समय सेक्युरिटी गार्डमै रमाइरहेका थिए, तर आफूअनुकुल जागिर नभेटेर अमेरिका हान्निए । त्यही भिसामा पुगेका राजस्वका एक अधिकृत पनि सुरक्षा गार्डकै रुपमो काम गर्दै आएको कान्तिपुर दैनिकमा खबर छ ।

युकेमा रहेका नेपालीले सुरक्षा गार्डमा मात्रै चित्त बुझाउनुपर्ने अवस्था भने छैन् । कोहीको आफ्नै व्यवसाय छ भने कतिपय राम्रो क्षेत्रमा जागिरे पनि भएका छन् । केही डाक्टर, इन्जिनियर, नर्स पनि छन् । तर, अपवादबाहेक एचएमएमपीमा पुगेका अधिकांश बेलायतको ‘टप पाइरोटी’ जागिरबाट बन्चित छन् ।