‘मेरी बास्सै’ मा अब ‘मुस्कान पासा’ को आधा शरीरमात्रै देखिने

कलाकारको दोहोरो भूमिकालाई चलचित्रमा पुरानै मानिन्छ । तर, टेलिश्रृंखलामा दोहोरो मात्र नभईर् ६ वटा भूमिकामा निर्वाह गरिरहेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले अब नया तर अचम्मको भूमिका खेल्ने बताएका छन् ।धुर्मुस, एमाले नेता केपी ओली, आइते, खड्काजी, खडानन्द गुरु र मुस्कान पासाको परिचय बनाएका कट्टेलले अब ‘मेरी बास्सै’मा आधा शरीरमात्रै देखाएर अभिनय गर्ने योजना मंगलबार सार्वजनिक गरेका हुन् ।



पूर्वको इटहरी पुगेका सीतारामले मंगलबार भने-’अब हाँस्यव्यङ्ग्य क्षेत्रबाट देश विकास गर्नका लागि बौद्धिकता चाहिन्छ, सस्तो लोकप्रियता र मनोरञ्जनका लागि मात्र हाँस्य व्यग्यं गर्न हुदैन । उनले यसका लागि पूर्वका पर्यटकीय क्षेत्रमा ‘मेरी बास्सै’ को सुटिङ गर्ने योजना समेत सुनाए । कट्टेलका अनुसार अब चाडै नै शरीरको एक भागमात्रै नदेखिने नया पात्रका रुपमा उनी मेरीबास्सै आउँदै छन् । साथै नया शैलीको हास्य चलचित्रको निर्माणमा समेत जुटेको उनले बताएका छन् ।

कलाकार कट्टेल भन्छन्-’धुर्मुसको भुमिकाले सिरीयल मोनोटोनोस भयो भनेर अरु भुमिकालाई बढी प्राथमिकता दिएको छ’- सीताराम भन्छन्, ‘त्यसमा अहिले खड्काजी र मुस्कान पासाको भुमिकाको सवैबाट प्रशंसा पाइरहेको छु ।’ खडानन्द ज्योतीषी र खड्काजीको भूमिकामा दर्शकमाझ प्रस्तुत भएपछि मेरीबास्सैको लोकपि्रयता हृवात्तै बढेको उनको दाबी छ । आफूले गरेको मुस्कान पासाको भूमिका काठमाण्डौं लगायत देशका नेवारी समुदायले खुबै मन पराएको र कहिल्यै पनि मेरीबास्सै हेर्न नरुचाउने नेवार समुदायले अहिले मेरी बास्सै हेर्न थालेको कट्टेलको अनुभव छ । केही समय पहिले उनले हरिवंश आचार्यले विभिन्न ७ सिरीयलमा अभिनय गरेका ७ वटा भूमिकालाई एकैचोटि मेरीबास्सैमा नक्कल गरी प्रस्तुत भएका कट्टेलले हरिवंशले अभिनय गरेको टिकेको ३ मन्त्रको टिके, लालपुर्जाको तल्सिंह, कान्तिपुरको वडाध्यक्ष, रातको लाहुरे, चिरन्जीवीको चिरन्जीवी, बनपालेको साधुराम सुकुम्बासी र मदनबहादुर हरिबहादुरमा हरिबहादुरको भुमिकालाई मेरीबास्सैमा उतारेका थिए ।

सोलुखुम्बुको नेचा बेतघारी ५ मा जन्मेका सीताराम विगत ८ वर्षदेखि हास्य कलाकारिताको क्षेत्रमा छन् । एक दशक अघि कलाकर्मबाट केही गर्ने अठोटका साथ राजधानीको खाल्टोमा आएका उनी छोटो अवधिमै चल्तीका हास्य कलाकारमा गनिएका छन् ।