चुनावको मिति नतोक्नुको कारण देखाऊ : एमाओवादी प्रवक्ता अग्नि सापकोटा
३१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले सरकारसँग असारमा चुनाव हुन नसक्नुको कारण मागेको छ । असारमा गर्ने भनिएको चुनाव सार्न चार दलबीच भएको ११ बुँदे सहमतिमा भनिएको जस्तो काबु बाहिरको परिस्थिति नभएको माओवादी निष्कर्ष छ ।
माओवादीले मंसिरमा चुनाव हुने विश्वस्त आधारसहित चुनावको मिति घोषणा गर्नसमेत माग गरेको छ । ‘असारमा चुनाव गर्न सम्भव थियो । चुनाव नै गर्न नसक्ने गरी कुनै परिस्थिति बनेको थिएन’ माओवादी प्रवक्ता अग्नि सापकोटाले नियमित पत्रकार भेटघाटमा शनिबार भन्नुभयो- ‘चुनाव हुन नसक्नुको चित्तबुझ्दो कारणसहित सरकारले जनतालाई जवाफ दिनुपर्छ र छिटोभन्दा छिटो चुनावको मिति तोक्नुपर्छ ।’
असारमा नै चुनाव गर्ने सर्तमा निर्वाचन आयोगमा पुरानै पदाधिकारीहरु ल्याएको भन्दै उहाँले नियुक्तिभन्दा पहिले प्रमुख निर्वाचन आयुक्तले ७६ दिनभित्र चुनाव गर्न सक्छु भनेको दाबी समेत गर्नुभयो ।
एमाओवादीले निर्वाचन आयोग चुनाव गराउनेभन्दा दलहरुबीच विवाद बढाउनेतर्फ केन्द्रीत भएको र चुनावी सरकार पनि स्थायी सरकारजस्तो नीति निर्माण र उद्घाटनमा लागेको आरोपसमेत लगाएको छ । ‘निर्वाचन आयोग चुनाव गराउनेभन्दा नयाँ नयाँ कानुन बनाउन केन्द्रीत भयो । यसले गाँठो फुकाउनेभन्दा विवाद ल्याउने काम गर्यो’ प्रवक्ता सापकोटाले भन्नुभयो-’सरकार पनि स्थायी सुरकार जस्तो नीति निर्माण र उद्घाटनमै व्यस्त छ ।’ सुरुमा कांग्रेस र विशेषगरी एमाले असारमा चुनाव गर्ने पक्षमा नदेखिएको भन्दै सापकोटाले अब प्राविधिकरुपमा नै सम्भव नभएको बताउनुभयो । कर्मचारीतन्त्रको वर्तमान सरकारले राजनीतिक निर्णयहरु गर्न नसक्नु चुनाव नहुनेको अर्को कारण भएको उहाँको भनाइ छ ।