सुत्केरी भेट्न जादा पानी कोशेली लैजानुपर्ने
१३ वैशाख, डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा खानेपानीको अभाव बढ्दै गएपछि जिल्ला अस्पताल बैतडीले सुत्केरी हुन आउने महिलाका अभिभावकलाई पानीसमेत लिएर आउन अनुरोध गरेको छ ।
एकजना महिलालाई अस्पतालमा सुत्केरी गराउँदा सामान्य अवस्थामा कम्तीमा ६० लिटर र शल्यक्रिया गर्दा ४ सय लिटर जति पानी आवश्यक पर्ने भएकाले साथमा आउने अभिभावकलाई पानी लिएर आउन अनुरोध गरिएको जिल्ला अस्पताल बैतडीले जनाएको खबर राजधानी दैनिकले छापेको छ । अस्पतालमा पर्याप्त खानेपानी अभाव र एम्बुलेन्ससमेत बिगि्रएकाले पानी बोक्ने साधन नहुँदा यसरी अभिभावकको सहारा लिनुपर्ने बाध्यता आएको स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीले बताए ।
सुत्केरी हुन आउने महिलाले प्रोत्साहनस्वरुप १ हजार रुपैयाँ पाउने भए पनि अभिभावकको भने पानीका लागि सास्ती खेप्नुपरेको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय र स्थानीय उपभोक्ता समितिलाई अस्पतालमा पानी अभाव भएको जानकारी गराउँदासमेत कुनै सुनुवाई नभएको अस्पतालका कर्मचारुीहरुको आरोप छ ।