प्रहरी र डाँकाबीचको भिडन्तमा १ भारतीय डाँकाको मृत्यु
रौतहट, चैत ३१- रौतहटको बन्जराह बकैया खोलामा प्रहरी र भारतीय डाँकाबीच गएराति भएको भिडन्तमा एक जना डाँका मारिएका छन् ।
दश गजाबाट ५० मिटर वर नेपाल पट्टी राति १ बजे प्रहरी र डाँका बीच भीडन्त हुँदा करिव ३५ वर्षीय एक भारतीय डाँकाको ज्यान गएको हो । उनको नाम बता खुल्न सकेको छैन। रौतहटमा केही दिन यता डकैतीका घटना बढेपछि सीमा क्षेत्रमा प्रहरीले विशेष सुरक्षा योजना बनाएर राति गस्ती गरिरहेको छ । यही बेला बकैयाबाट भारतीय डाँका नेपाल छिरिरहेका छन् भन्ने सुराकीको आधारमा प्रहरी त्यता गस्तीमा गएको थियो । प्रहरीलाई देखेपछि डाँकाको समूहले पहिला गोली चलाएको थियो ।
डाँका समूहले ७ राउन्ड गोली चलाएको र प्रहरीले ११ राउन्ड चलाएको प्रहरी उपरीक्षक गोविन्द राम परियालरे बताएका छन् । घटनास्थलबाट प्रहरीले २ थान कटुवा पेस्तोल र ४ राउन्ड गोली फेला पारेको छ