बलिउडका केही रोचक तथ्य : ‘१८ बर्षदेखि हलमा चलिरहेको एउटा सिनेमा’

बलिउड भन्ने वित्तिकै भारितय सिनेमा नगरीलाई वुझिन्छ । विश्वमै चर्चित बलिउडले हाल आफ्नो सय बर्ष मनाइरहेको छ । बलिउड सय बर्ष पुगेको अवसरमा यहाँ हामीले केही रोचक तथ्य समेटेका छौ ।



१. साहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ बलिउडको इतिहासमै सबैभन्दा लामो समय हलमा चल्ने सिनेमा हो । जुन सिनेमा अहिले पनि मराठा मन्दिर मा चलिरहेको छ । यो सिनेमा उक्त हलमा प्रदर्शनमा आएको १८ बर्ष भैसकेको छ । बलिउडको इतिहासमै कोशे ढुंगा मानिने यो सिनेमाको रेकर्डलाई अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । यो सिनेमा सन् १९९५ मा प्रदर्शनमा आएको थियो । यो बलिउड इतिहासकै सबैभन्दा सफल सिनेमा हो ।

२. लामो अवधिसम्म चल्ने सिनेमाको सुचिको दोश्रो स्थानमा ‘शोले’ पर्दछ । यो सिनेमा लगातार ५ बर्ष हलमा चलेको थियो ।

३. रणविर कपुर अभिनित चलचित्र ‘रकस्टार’ को क्लाइमेक्सको दृश्य पहिले छायांकन भएको थियो । आफ्नो फरक गेटअपका कारण रणविरले सिनेमाको क्लाइमेक्स पहिले छायांकन गर्न अनुरोध गरेका थिए ।

४. संजय लिला भंसालीले निर्माण गरेको चलचित्र ‘देवदास’ मा पहिलो रोजाई सलमान खान थिए । तर सलमानले काम गर्न नमानेपछि यसमा साहरुख खान अटाएका हुन् । ‘देवदास’ सन् २००२ को सर्वाधिक हिट सिनेमामा पर्दछ ।

५. नायिका सोनम कपुरले चलचित्र ‘सावरिया’ मा अभिनय गर्न आफ्नो वजन घटाएकी थिइन् । उनी उक्त समयमा ८० किलो थिइन् ।

६. सन् २००४ मा प्रदर्शनमा आएको चलचित्र ‘अब तुम्हारे हवाले वतन साथीयो’ को शिर्ष गीत बलिउड इतिहासकै सबैभन्दा लामो गीत हो । यो गीत २० मिनेट लामो छ ।