आफ्नै दाईले बहिनीलाई बलत्कार गरेर गर्भवती!!

कालिका, १७ बैशाख

बाहिर निक्लिदाँ हिसांमा पर्ने डरले घर भित्रै बस्ने महिलाहरु अब घर भित्रै पनि सुरक्षित हुन छोडे । भारतको मुम्बईमा यस्तै भएको छ । मुम्बईस्थित ठाँणेमा एक युवकले आफ्नै बहिनीलाई बलत्कार गरि गर्भ बोकाई दिएका छन । ठाँणेका १९ बर्षिय युवकले आफ्नै नाबालिक १४ बर्षिय बहिनीलाई बलत्कार गरि गर्भ बोकाई दिएका हुन । प्रहरीका अनुसार युवकले बहिनी माथि गएको १ बर्ष देखि पटक पटक बलत्कार गर्दै आएका थिए ।

सोमबार बालिकाले लगातार बान्ता गरेपछि उनलाई अस्पताल लगिएको थियो । जाँचका क्रममा डाक्टरले बालिका गर्भवति रहेको बताएपछि घटना बाहिर आएको हो । प्रहरीले आरोपि युवकलाई पक्राउ गरिसकेको छ ।