आजबाट राजधानीमा अत्याधुनिक सुविधा सम्पन्नसहितको साझा बस सञ्चालन हुँदैछ

चैत ३१ - अध्याधुनिक सुविधा सम्पन्नसहितको साँझा बस नयाँ वर्षको अवसरमा आजदेखि राजधानीका विभिन्न भागमा सञ्चालन हुँदैछ ।

एक दशक भन्दा लामो समय बन्द रहेको सरकारी स्वामित्वमा रहेको साझा संस्थानले आजदेखी साझा बस सञ्चालनमा ल्याउने भएको हो ।



आजदेखी सञ्चालनमा आउँदै गरेको सेवाका लागी अत्याधुनिक १६ वटा बस गुड्नेछन् । साझा बस दैनिक बिहान पाँच बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गरिने साझाले जानकारी दिएको छ ।

आज उद्घाटन हुने साझा बस वैशाख एक गतेदेखि नियमित रूपमा दुई रूटमा सवारी चल्नेछ । कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुदै एयरपोर्ट र सातदोवाटो तथा जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङअस्पताल, महाराजगन्ज हुदै नयाँ बसपार्क (गोंगबु) दुई रूट अहिले स्विकृत भैसकेको छ ।

साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ । साझाका अनुसार सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका छन् । साथै १५ यात्रु उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ । दुवै ढोका चालकले नियन्त्रण गर्न सक्ने जनाइएको छ ।