रौतहटका कक्षा १२ को दुइ परीक्षा केन्द्रबाट ५७ परीक्षार्थी निष्काशित
आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा रौतहटको दुईवटा परीक्षाकेन्द्रबाट ५७ जना परीक्षार्थी निष्कासित भएका छन् ।
उच्चमाध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय हेटौँडाबाट आएको निरीक्षण टोलीले उच्चमाध्यमिक विद्यालय जुडिवेला परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका १२ जना परीक्षार्थी र शुवलाल भागवत उच्चमाध्यमिक विद्यालय सन्तपुर परीक्षा केन्द्रबाट ४५ जना परीक्षार्थीलाई निष्कासित गरेको हो ।
त्यसैगरी सन्तपुर परीक्षाकेन्द्रबाट एकजना नक्कली परीक्षार्थीलाईसमेत तीन वर्षका लागि परीक्षा दिन नपाउने गरी निष्कासित गरिएको छ ।
शोभापन्तको परीक्षा उनकै आमाजु मेनुका तिमल्सिनाले दिइरहेको अवस्थामा निरीक्षण टोलीले पक्राउ गरी तीन वर्षका लागि निष्कासित गरेको निरीक्षण टोलीमा आएका उच्चशिक्षा परिषद्का ब्रम्हनारायण चौधरीले जानकारीदिएका छन