अमेरिकामा लुज पाइन्ट र भित्री वस्त्र देखाउनेलाई कारबाही
लुजियाना (एजेन्सी), वैशाख ३ – अमेरिकाको लुजियाना राज्यको टेरेबोन प्यारिस सहरमा लुज पाइन्ट र ट्राउजर लगाउनेलाई भारी जरिवाना हुने भएको छ । स्वास्थ्य र सुरक्षा जोखिम निम्त्याउने भन्दै उक्त राज्यले गत साता यससम्बन्धी कानुन पारित गरेको छ । कम्मरमुनि झरिराख्ने खालका पाइन्ट ‘स्यागी प्यान्ट्स’ लगाउनेविरुद्ध यो प्रावधान लक्षित छ ।
यो नियमअनुरूप कम्मरमुनि वस्त्र झरेर भित्री वस्त्र देखिएमा जरिवाना गरिनेछ । युवापिँढीमा अचेल यस्तो फेसन निकै लोकपि्रय छ । बिनाबेल्टको पाइन्ट वा जिन्स तल झरेर भित्रको लुगा देखिँदा सपरिवार बाटामा हिँड्नेहरूलाई समेत लाज हुन्छ । अमेरिकामा सेलिब्रेटीहरू पनि यस्तो फेसनको दिवाना छन् ।
उक्त सहरको प्रसासनलाई यो पहिरन नैतिक रूपमा ठीक लागेन । हुन पनि हो, देश सम्हाल्नुपर्ने हात पाइन्ट सम्हाल्नमै व्यस्त भएपछि प्रशासनले ध्यान त दिनै पर्यो नि । यो राज्यमा यस्तो लुगा लगाउनेलाई पहिला पटक ५० डलर जरिवाना गरिने छ । दोस्रो पटक पक्राउ परेमा १०० डलर र तेस्रापटक फेला परेमा जरिवानाका साथै १६ घन्टा सामुदायिक सेना गर्नुपर्ने हुन्छ । सन् १९९८ मा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि यसको विरोध गरिसकेका छन् । उनले युवापिँढीलाई पाइन्ट सम्हालेर राख्ने सुझाव दिएका थिए । ‘ आमा, हजुर आमासँग हिँड्दा पाइन्ट झरेर भित्रको लुगा देखिनु भनेको साह्रै नराम्रो अनुभूति हो,’ उनले भनेका थिए । यो पहिरनको चलन अमेरिकी कारागारबाट सुरु भएको हो । त्यहाँ बन्दीलाई बेल्ट लगाउने अनुमति नहुँदा पाइन्ट तल झर्ने गर्छ । यहीबाट यो ‘लो बेस्ट’ फेसनको रूपमा संसारभरि फैलिएको हो ।