अष्ट्रेलियाको सैनिक दिवसमा गोर्खालीको परेड
ऋषि आचार्य
१२ बैशाख, सिड्नी । पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यलाई साथ दिएर हजारौँ अस्ट्रेलियन र न्युजल्याण्डका सैनिकले ज्यान गुमाएका थिए । तिनै सैनिकको सम्झनामा मनाईने ‘एन्ज्यक डे’ अर्थात अष्ट्रेलियाको राष्ट्रिय दिवसमा एक दशकदेखि नेपाली गोर्खा सैनिकले पनि सहभागिता जनाउँदै आएका छन् । अप्रिल २५ अर्थात आजैका दिन अस्ट्रेलियाका मुख्य सहरहरु सिड्नी, मेलवर्न, ब्रिसवेन, एडिलेड, पर्थ, होवार्ट, क्यनवेरा र डार्विनमा हुने एन्ज्याक परेडमा नेपाली पूर्व गोर्खाहरु र अहिलेका बहालवाला सैनिक र प्रहरीहरु आफ्नो पहिचान, पदक र पोशाकसहित उपस्थित हुन्छन् ।
संसारका माझ साहसी र बहादुर भनेर चिनिएका गोर्खा सैनिकहरु २० वर्षअघि नै अस्टेलियाको सैन्य संगठनमा प्रवेश गरेका हुन् । जितमान लिम्बु अस्ट्रेलियन आर्मी बन्ने पहिलो गोर्खा थिए । २० वर्षअघि शुरु भएको गोर्खाको अस्ट्रेलिया यात्रामा अहिले दर्जनौं प्रवेश गरिसकेका छन् । सिड्नीमा बस्दै आएका भला राई विगत सात वर्षदेखि “एन्ज्यक डे” परेडमा सहभागि भैरहेका छन् । यो दिवसले पूर्खाको योगदालाई सम्मान गर्दै सम्झना गरेको राईको बुझाइ छ ।

वेलायतमा १९ वर्ष सेवा गरेपछि अस्ट्रेलिया आएका जितमान लिम्बु यहाँको सैनिक विद्यालयमा प्रशिक्षक भएर ९ वर्ष काम गरेका थिए । वेलायतमा उमेर छदैं अवकास पाएका पूर्व गोर्खा सैनिकलाई अस्ट्रेलियामा सोझै भर्ति गर्ने प्रचलन अनुसार लिम्बु अस्ट्रेलियन सैनिक सेवामा प्रवेश गरेका थिए । लिम्बुका दुई भाई अझै बहालवाल गार्खा सैनिक हुन् । उनी आफ्ना छोरा भतिजाहरुलाई सेनामा लाग्न प्रेरित गर्छन् । यसकालागि यो दिवसले मद्दत गर्ने लिम्बु बताउँछन् । १९ वर्ष वेलायतको सैन्य सेवामा काम गरेका देव गुरुङ अस्ट्रेलिया बसाई सरेपछि पुनः सैन्य सेवामा प्रवेश गरे । गुरुङले आफ्ना दुई छोरा मध्ये कान्छा छोरालाई सैनिक सेवामा लागाउने बिचार गरेका छन् । उनी प्रत्येक वर्ष सपरिवार एन्ज्याक परेडमा सहभागि हुन्छन् । छोराहरु र आफन्तलाई पेशाबारे बुझाउन र पूर्खाको योगदानबारे सम्झाउन एन्जयाक डे महत्वपूर्ण भएको गरुङको अनुभव छ ।
के हो एन्ज्याक डे ?
एन्ज्याक डे अष्ट्रेलिया र न्युजल्याण्डको राष्ट्रिय दिवस हो । पहिलो विश्व युद्धमा अष्ट्रेलिया र न्युजल्याण्डको संयुक्त शैन्य फौजले टर्कीको सामाज्यविरुद्ध गेलिपोलीमा लड्दा विरगति प्राप्त गरेका सैनिकको सम्मानमा यो दिवस प्रत्येक वर्ष अप्रिलको २५ तारिख मनाउने गरिन्छ । यो दिवसको पुरा रुप अस्ट्रेलियन एण्ड न्युजिल्याड आर्मी कर्प – एन्ज्याक) हो । अहिले आएर यो दिवसलाई अष्ट्रेलिया र न्युजल्याण्डमा देशका लागि ज्यान दिने सबै देशभक्त सैनिकको स्मृतिमा मनाउन लागिएको छ । सर्वजनिक विदासमेत दिइने यो दिवस दुई सार्वभौम देशमा साझा दिवसको रुपमा मनाउने गरिन्छ ।
सन् १९१५ को युद्धमा अष्ट्रेलिया र न्युजल्याण्डको संयुक्त सैनिक फौजले ठूलो क्षति ब्यहोरेको थियो । अस्ट्रेलियाका मात्र ८ हजार ७ सय ९ र न्युजल्याण्डका २ हजार ७ सय २१ जनाले राष्ट्रको लागि ज्यानको आहुति दिएका थिए । यो समाचार मृतकका घरमा पुगेपछि सिंगो देशनै शोकमा डुबेको थियो । सन् १९१६ को अप्रिलदेखि यो दिवसलाई औपचारिक रुपमा मनाउन लागिएको हो । पुरै पहिलो विश्व युद्धमा अष्ट्रेलियाका करिव ६० हजार र न्युजल्याण्डका १८ हजार सैनिकको ज्यान गएको थियो । दुई छिमेकी देशको बर्षौ पुरानो सैनिक सहयात्रा देस्रो विश्व युद्ध हुँदै आजसम्म पनि जारी छ । तुलनात्मक रुपमा न्युजल्याण्डसँग अस्ट्रेलियाको भन्दा कम सैन्य शक्ति छ तर पनि दुबै देशले संयुक्त रुपमा सैन्य कारवाहीलाई अगाडि बढाएका छन् । दोस्रो विश्व युद्धमा पनि यि दुई देशले संयुक्तरुपमा जापान र भियतनाम विरुद्ध लडेका थिए ।
हरेक वर्ष यो दिवसका दिन अष्ट्रेलियाका हरेक शहरहरुमा एन्ज्याक परेड हुन्छ । उक्त परेडमा पूर्व सैनिकहरु अफ्नो पोशाक, प्रप्त तक्मा सहित सपरिवार सहभागि हुन्छन् । राष्ट्रको लागि ज्यान दिने ती बहादुर सिपाहिलाई राज्यले उच्च सम्मान दिन्छ यो दिन । सहर, पार्क र बजारमा एन्ज्याक डे भब्य रुपमा मनाइन्छ । राष्ट्रिय स्तारमा अष्ट्रेलिया र न्युजल्याण्ड विच भएको रगवि फूटवलको फाइनल यो दिनमा नै हुन्छ ।
टर्कीमा पनि शोक
युद्धभूमी टर्कीको गालिपोलीमा पनि हरेक वर्ष एन्ज्याक डेको दिन शोक सभा हुने गर्छ । अस्ट्रेलियाका विद्यार्थीदेखि पर्यटकहरु उक्त रात पाल टाँगेर सोही युद्ध मैदानमा विताउँछन् र पूर्खाको बलिदानको स्मरण गर्छन् । यो दिन टर्कीका राज्य प्रमुखको साथै अस्ट्रेलिया र न्युजिल्याणका सरकारी प्रतिनिधिहरुको उपस्थितिमा शोक सभा हुने गरेको छ ।