बच्चा पाएको दृश्य टि्वटरमा लाइभ!!

एक बेलायती दम्पती जब बच्चा जन्माउनका लागि अस्पतालमा पुगे तब उनीहरुलाई एउटा कुराको याद आयो । उनीहरुले सोँचे की आफ्नो बच्चाको जन्मको पूरै प्रक्रिया किन आफ्ना साथीहरुसँग शेयर नगर्ने ? सोही सोँचविचारका कारण हुनेवाला बच्चाका बाउले आफ्नी श्रीमतीले बच्चा पाउने बेलाका हरेक गतिविधिलाई क्यामरामा कैद गरे । बच्चा जन्माउनका लागि शल्यक्रिया गर्नुअघि, शल्यक्रियाका दौरान र त्यसपछिका सबै दृश्य सहित ३० घण्टाको भिडियो उनले तयार पारे । क्यामराको मेमोरी कार्ड फूल भएपछि बल्ल उनले त्यो भिडियोलाई टि्वटरमा शेयर गरे ।


थियो । त्यसैले उनले आफ्नो बच्चा जन्मेको दृश्य टि्वटरमा लाइभ दिए । बच्चा जन्माउँदाको दृश्य शेयर गर्नमा आफ्नी श्रीमती पनि उत्सुक रहेको उनको दाबी छ ।


विवाह तथा अन्य शुभकार्यका दृश्यहरु सोसल साइटमा शेयर गर्नु सामान्य हो । तर छोरा पाउँदाको लाइभ दृश्य समेत टि्वटरमा शेयर गरेर यो जोडीले साँच्चीकै ठूलै चर्चा पाएको छ । म्याकमेनसले आफ्नी श्रीमतीले छोरा पाउँदाको दृश्य खिच्न अस्पताले पनि कुनै रोकटोक लगाएन ।



भिडियो तल बक्समा डबल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।