"नेपालमा बिजुली उत्पादन गर्न अमेरिका र भारतले ४० अर्ब लगानी गर्ने "

वैशाख,१८ काठमाण्डौं । अमेरिका र भारतका बहुराष्ट्रिय कम्पनी मिलेर नेपालको जलविद्युतमा लगानी गर्न सरकार समक्ष प्रस्ताव गरेका छन् । भारतको चर्चित बहुराष्ट्रिय कम्पनी यसार र अमेरिकाको गि्रन भेन्चर इन्टरनेसनलले एकसय ८० मेगावाट क्षमताको कालीगण्डकी कोबान आयोजना निर्माणमा लगानी गर्न संयुक्त रुपमा प्रस्ताव गरेका हुन् । उक्त आयोजनाको अनुमानित लागत करिब ४० अर्ब रुपैयाँ छ ।



नेपाली साझेदार अम्बेश्वर इन्जिनियरिङसित संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा यी कम्पनीले उक्त आयोजनाको बिजुली खरिद सम्झौता -पीपीए) का लागि हालै उर्जा मन्त्रालय र बिद्युत् प्राधिकरणमा निवेदन दिएका छन् । यसार समूहले अमेरिका र क्यानडासहित २० मुलुकमा स्टिल, तेल, ग्यास, उर्जा, सञ्चार, निर्माण सामग्री र खनिज क्षेत्रमा काम गरिरहेको छ । ७० हजारभन्दा बढी कामदार रहेको यो कम्पनीको बाषिर्क आय १५ अर्व अमेरिकी डलर छ ।

जलविद्युतमा प्रत्यक्ष लगानी आउन नसकिरहेका बेलामा भारत र अमेरिकाका प्रतिष्ठित कम्पनीले चासो देखाउनुलाई उत्साहजनक रुपमा लिइएको उर्जा सचिव हरिराम कोइरालाले बताएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।