बलात्कार आरोपीद्वारा कारागारमै झुन्डिएर आत्महत्या
दिल्लीमा सामूहिक बलात्कार प्रकरण
नयाँदिल्ली, फाल्गुन २८ – डिसेम्बर १६ मा दिल्लीमा भएको सामूहिक बलात्कार का मुख्य आरोपीले भारतको तिहार जेलमा आज आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मुख्य आरोपी राम सिंहले बिहान ५ बजे झुण्डिएर आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्टपार्टमको लागि अस्पताल लगिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुडिरहेको बसमा २३ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सिंहसहित अन्य ५ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये एक जना उनका भाई हुन् । सिंह बसका चालक हुन् । बलात्कृत किशोरीको डिसेम्बर २९ मा सिंगापुरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बलात्कार आरोपीहरुको मुद्दा अदालतमा विचाराधीन छ ।