आफ्ना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आफ्नो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवत: यसकै आधारमा आपसी ससम्बन्धले हुर्कने-मौलाउने तथा अघि बढ्ने अवसर पाउँछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उत्तिकै रहन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण – एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नी एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाँ दुई जना बाहेक अरु उपस्थित हुनु हुँदैन । यदि कुनै रेस्टुराँ, क्लब वा अन्य त्यस्तै भीँड भएको स्थानमा हुनुहुन्छ र तपाँईलाई लाग्छ तपाँईकी प्रियतमा तपाँईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवत: पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । राम्रो स्वास पहिलो चुम्बनको अवसरलाई आफ्नो स्वासको दुर्गन्धका कारण होस् वा रक्सी, चुरोट आदिको सेवन वा बढी चिल्लो, पिरोका साथै प्याज, लसुन खाएका कारण नगुमाउनुहोस् । 
पहिलो चुम्बनको अवसरमा उल्लेखित कुरा सेवन नगर्नु नै उपर्युक्त हुन्छ । आफ्नो साथमा कुनै राम्रो खालको चुइङ्गम वा माउथ फ्रेसनर राख्नुहोस् । सही सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । रोमान्टिक कुराकानीका क्रम्मा यदि अचानक कुराकानी बन्द हुन्छ, तपाँईको आँखा तपाँईकी प्रियतमाको आँखासित जुध्न पुग्छ । आँखाको भाकाबाट चाहना प्रस्फुटित हुन थाल्छ र दुबैको आँखाले एकअर्कालाई एकनासले हेरीरहन्छ तथा नजरबाट दुबैमा आकर्षण एवं सम्वोहन उत्पन्न हुन्छ भने त्यस्तो समय पहिलो चुम्बनको लागि उचित समय हो तर पहल तपाँईबाटै हुनुपर्छ । अनुमति माग्ने चुम्बनका लागि अनुमति माग्नु मूर्खता हो । महिलाको नजरमा यसो गर्नु कायरता हो र तपाँईको आत्मा विश्वासको कमी हो । त्यसैले सही समयका आधारमा चुम्बनका लागि पहल गर्नुहोस् तर हतार गर्नु भने बुद्धिमानी होईन । चुम्बनका लागि उनी तयार छिन् अर्थात उनमा चाह छ छैन बुझ्नु जरुरी छ । यो कुरा शारीरिक हाउभाउबाट बुझ्न सकिन्छ ।
यदि उनको शरीर तपाँईतिर झुकेको छ, तपाँईको शरीरमै टाँसिएको छ, तपाँईको शरीरलाई छोएर विशेष: तपाँईको छाती, गाला, चिउँडो, कान छोएर उनी मुस्कुराइरहेकी छिन्, उनी आफ्नो ओँठ विस्तारै टोक्दैछिन् वा आफ्नो कपाल चलाईरहेकी छिन् भने धेरै हदसम्म चुम्बनका लागि तपाँईलाई इसारा गरिरहेकी हुन सक्छिन् ।सहजता अँगाल्ने पहिलो चुम्बनका बखत धैर्य अपनाउनुहोस् । त्यो क्षणलाई सकेसम्म लम्बाउने प्रयत्न गर्नुहोस् । समय स्लो मोशनमा गुज्रीरहेको जस्तो अनुभूति गराउनुहोस् । हतार गर्दा आफ्नो छवि बिग्रन सक्छ र त्यो रोमान्टिक क्षण बिथोलिने सम्भावना रहन्छ । आफू पनि सहज रहनुहोस् र आफ्नी प्रियतमालाई पनि सहजता महसुस गराउनुहोस् । स्पर्शलाई प्राथमिकता दिने चुम्बनका बखत शारीरिक स्पर्शको महत्व उत्तिकै हुन्छ । यसले अनुभूतिलाई अझ रोमान्टिक बनाउँछ नै साथै चुम्बनको उन्मादलाई पनि बढाउँछ ।
चुम्बन गर्नु पूर्व आफ्नी प्रियतमाको शरीरलाई विस्तारै छुनुहोस् । आफ्नो हातलाई उनको हिपमा राख्नुहोस् वा कम्मरलाई बाँध्नुहोस् र विस्तारै आफूतिर तान्नुहोस् । त्यसपछि आफ्ना हातका औंलाको सहाराले उनको केशलाई चलाउनुहोस् र विस्तारै उनको मुहारलाई आफ्नो दुवै हत्केलामा थामेर आफू नजिक ल्याउँदै मन्द गतिले उनको गालालाई चुम्दै ओठतर्फ आफ्नो चुम्बनको मार्ग प्रशस्त गर्नुहोस् । चुम्बनका क्रममा आफ्नी प्रियतमाको शरीरलाई सुम्सुम्याउने क्रियालाई निरन्तरता दिनुहोस् । आँखा बन्द गर्ने चुम्बनका क्रममा आफ्नो आँखा बन्द गर्नुपर्छ । आँखा खोलेरै चुम्बन गरिएको कुरा यदि प्रियतमाले चाल पाए तपाँई चुम्बनमा पूर्णरुपले समर्पित नभएको अनुभव उनलाई हुनसक्छ । यसले आत्माविश्वासको कमी, सुरक्षा भावको कमी आदिको अर्थ पनि लाग्न सक्छ । चुम्बनको आनन्द उठाउन आँखा बन्द गर्नु नै राम्रो हुन्छ । यसो गर्नाले एक-अर्काप्रति विश्वास, समर्पण र चाहना अझ बढ्न सक्छ । यौन संसर्गका बखतको चुम्बन र पहिलो चुम्बन फरक-फरक भएकाले यसमा पर्याप्त सावधानी अपनाउनुपर्छ । फस्ट किसका बखत आफ्नी प्रियतमा सुतीरहेकी छिन् र उनलाई डिस्टर्भ नगरी चुम्बन गर्दै हुनुहुन्छ भन्ने अनुभव तपाँईले गर्न सके फस्ट किस अविष्मरणीय बन्न सक्छ ।
त्यसैले ओठले उनको ओठलाई हल्का दबाब मात्र दिनुपर्छ । उनमा रोमाञ्चकता जगाउने प्रयास मन्द गतिमा हुनुपर्छ नकि अलार्म घडीको जस्तो अप्रत्यासित र जोसिलो । आफ्नो ओठको साथै जिब्रोलाई पनि नियन्त्रण राख्नु आवश्यक हुन्छ । समग्रमा धैर्यता, नियन्त्रण एवं मन्द गतिमा रोमाञ्चकता जगाउँदै आनन्दको सरोबरमा आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन पहिलो चुम्बनलाई आधार बनाउने प्रयास पुरुषबाटै हुनुपर्छ ।
यौन जीवनमा पहिलो चुम्बनको महत्व


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं