नेपालगञ्जमा माण्डवीको जोवन ढल्किदा

बाँकेमा जारी उघोग, ब्यापार तथा पयर्टन विकासका लागि आयोजना गरिएको सञ्चार महोत्सवमा चलचित्र ‘नैना रेशम’ को ‘ढल्क्यो ढल्क्यो’ वोलको गीत गाएर गायिका माण्डवी त्रिपाठीले दर्शकको साथ पाएकी छिन् ।पछिल्लो समयमा नेपाली पाश्र्व गायनमा चर्चा बटुलेकी माण्डवीले चलचित्र ‘अन्दाज’ को ‘सिम्पल सिम्पल’ बोलको गीत गाएर दर्शकलाई नाँच्न वाध्य बनाइन् ।


गायक नरेन्द्र प्यासीले ‘तिमीविनाको

जिवन’, ‘तिमिले दिने माया’, लगायतका गीत गाउँदा महोत्सवमा रौनक थपिएको थियो । चैत्र ११ गतेसम्म चल्ने महोत्सवमा दर्शकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था मिलाइएको छ ।