इजरायलबाट ३ सय नेपाली कामदारको माग, कंगो पनि खुल्ला

१९ फागुन, काठमाण्डौं । नेपाल र इजरायलका म्यानपावर एजेन्ट र कम्पनी मिलेर चर्को रकम उठाएको विवादमा बन्द भएको मुलकु इजरायलले परीक्षणका रुपमा खोल्ने भएको छ । इजरायल सरकराले सरकारी तह (जिटुजी) अन्तर्गत पहिलो पटक ३ सय केयरगिभर लैजाने नेपालसँग प्रस्ताव रोखेको छ । प्रस्ताव बारे निर्णय भइसकेको छैन् ।



‘हामीले जिटुजी होस वा प्राइभेट टु प्राइभेट दुबै विकल्प खुला राखेका छौं,’ इजरायली समकक्षीसँग वार्ता गरेर फकिएएका श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भने-’पाइलट टेस्टका रुपमा उनीहरुले ३ सय केयरगिभर लैजाने भएका छन्, निर्णय भइसकेको छैन,’ कान्तिपुर दैनिकमा खबर छ ।

इजरायलमा चुनाव भएर सरकार गठन नभइसकेकाले अहिले यो प्रस्तावका रुपमा मात्रै रहेको छ । कंगो खुल्यो

सरकारले वैदेशिक रोजगारको लागि नयाँ गन्तव्यका रुपमा मध्य अफि्रकी मुलुक गणतन्त्र कंगोलाई खुला गरेको छ । सरकराले खुला गरेको यो १०९ औं देश हो ।

‘नेपालराजपत्र’ मा श्रम तथा रोजगार मन्त्रालयको बुधबार प्रकाशित सूचनामा ‘रिपब्लिक अफ कंगोमा नेपाली कामदारलाई काम गर्न पठाउन वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने गरी मुलुक तोकेको’ उल्लेख छ ।



मन्त्रालयले कंगोका लागि खाना बस्नबाहेक न्युनतम मासिक पारिश्रमिक तहगत रुपमा ३ सय २० अमेरिकी डलरदेखि २ हजार डलरसम्म निर्धारण गरेको छ । जसमा अदक्षका लागि ३ सय २० डलर, अर्धदक्षका लागि ४ सय ३० डलर, दक्षको ६ सय २० र उच्च दक्षको २ हजार तोकेको छ ।



मन्त्रालयले खाना बस्न, भिसा र हवाई टिक कम्पनीले निःशुल्क बेहोर्नुपर्ने र म्यानपावर कम्पनीले सेवा शुल्कका लागि बढीमा २० हजार रुपैयाँ लिन पाउने भनेको छ ।