छालामा देखिने समस्या र यसको समाधानमा डा.आर.के.झा

स्वास्थ्य चर्चा -धनुषा जिल्लाको जनकपुरधाममा पिता इन्जिनियर प्रमोद नारायण झा र माता बिमला देबि झाको कान्छो सन्तानको रुपमा जन्मिएका डा. रणधिर कुमार झा (आर.के.झा ) हाल भेरी अञ्चल अस्पताल बाँके नेपालगञ्जमा छाला तथा यौन रोग बिभाग प्रमुखको रुपमा कार्यरत छन् । उनको परिवार र नातागोताहरु प्राय इन्जिनियरिङ पेशा संग संलग्न रहेको पाईन्छ । बुबा ईन्जिनियर र दाजु पनि ईन्जिनियर रहेका छन् ( दाजु ललित कुमार झा ) बिगत झण्डै २० वर्ष देखि अमेरिकामा ईन्जिनियरको रुपमा स्थाई रुपमा कार्यरत छन् ।

डा.झाले एसो.एस बालग्राममा २००१ देखि २०१० सम्म कन्सल्टेण्डको रुपमा र बिदाको समय ब्यबस्थापन गरि बिगत दई वर्ष देखि सुदुर पश्चिमको महेन्द्रनगरमा रहेको ठगुन्ना क्लिनिक, कैलालीको टिकापुरमा सञ्जय मेडिसिन स्टोर, हेल्थ कियर रिसर्ज सेन्टरको शाखाहरुमा र नेपालगञ्जको बास्कोटा मार्केटमा रहेको निजि क्लिनिकमा समेत कार्यरत रहेका छन् । भने उनि निजि क्षेत्रमा खोलिएका प्राबिधिक क्याम्पस्मा अध्यापन क्षेत्रमा समेत संलग्न रहेका छन् । कलेज अफ अलाईड हेल्थ साईन्सका प्रिन्सिपल रहेका छन् भने कैलपाल हस्पिटल एण्ड साईन्स कलेजमा अध्यापनमा संलग्न रहेका छन् । ईन्जिनियरिङ पृष्ठभूमीमा जन्मेका भए पनि सेवा नै धर्म हो भन्ने मुल मन्त्र र मान्यतालाई आत्मासाथ गर्दै, स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका युवा छाला तथा यौन रोग बिषेशज्ञ डा. झा संगको एक भेटमा गर्मियामको शुरुवात सगै छालामा देखिने समस्याहरु र यसको रोगथाम ,सावधानी र औषधी उपचार सम्बन्धि एनक्युखबरका प्रतिनिधि रमेश सिटौलाले गरेको जिज्ञासामा डा.आर.के.झा भन्छन् ः

समय सापेक्ष रुपमा स्वस्थ्य सम्बन्धि चर्चामा एनक्यूखबरले मलाई स्थान दिएकोमा सम्पूर्ण टिम लाई धन्यवाद दिन चाहन्छु । गर्मिको समयमा हाम्रो छाला लाई बचाउन अर्थात छालामा समस्या आउन नदिनको लागि सर्व प्रथम सफा र शुद्ध पानि प्रशस्त मात्रामा पिउने बानि बसाल्नु पर्छ, साथमा हरियो फलफुल, साँगसब्जिको प्रयोगमा जोडदिनु पर्छ । घामबाट बच्नको लागि Sun screen lotion को प्रयोग गर्ने, यो मौषममा खास गरेर छालामा कहिले तातो र कहिले चिसो हुने प्रक्रिया चलिरहने भएको हुदाँ छालाको मुख्य रुपमा हेरबिचार पु¥याउनु आवश्यक हुन्छ ।

यो गर्मीको समयमा अस्पतालमा छालाको समस्या परिक्षणको लागि आउने हरुको लाईन निकै ठुलो रहने गरेको छ । छालामा देखा परेको समस्या लिएर आउने बिरामीहरु लाई हेर्दा अज्ञानता वश छालामा देखा पर्ने सामान्य किसिमको समस्या लाई ठुलो रुपमा लिएर आत्तिएको जस्तो देखिन्छ भने आफ्नो छालामा देखा परेको जटिल समस्या लाई सामान्य रुपमा लिएर आएको कुरा दैनिक परिक्षणको क्रममा भेटिन्छ । यसरी समग्रमा हेर्दा छालामा देखा पर्ने कुनै पनि समस्या लाई त्यति धेरै ध्यान दिए जस्तो देखिदैन,तर हाम्रो छाला शरिरका अन्य महत्वपूर्ण अंगहरु आँखा,कान आदि जस्तै प्रमुख कुरा हो यस लाई लापर्वाही गर्नु मुर्खता हो । छालाले सुन्दरता लाई देखाउने ऐनाको काम गर्छ,र सम्पूर्ण शरिरको आवरणको काम गर्ने भएको हँुदा आवरण नै खराव भएमा हाम्रो मानव जीवनलाई अगाडि बढाउन सकिदैन । गर्मि समयमा प्राय देखिने समस्याहरुमा Sun burn ( घामले डढ्ने ) Allergy ( चलाउने ) Fungal infection ( दाद ) Melasma (चाया,पोतो ) र Acne (डण्डिफोर ) जस्ता छालामा समस्याहरु देखिने गर्दछ । छालालाई सफा राख्ने, आफुले प्रयोगमा ल्याएको साबुन,अनुहार र शरिर सफा गर्ने कपडा र लगाउने लुगा अरुलाई प्रयोग गर्न नदिने र आफुले पनि अरुले प्रयोग गरेका कपडाहरु प्रयोग गर्नु हुदैन, छालामा देखा पर्ने रोगहरु सरुवा पनि हुने भएको हुँदा अरुले प्रयोग गरेको बस्तु बाट रोग भित्रिन सक्छ ।

अहिलेको बजारमा राम्रो र सुन्दर देखिन प्रयोग गर्ने प्रशस्त सिंगारका सामानहरु भेटिन्छन् र प्रचार प्रसारमा पनि हामी देख्न र सुन्न पाउछौं । तर बजारमा भएका सबै क्रिम पाउडरहरु हाम्रो छाला लाई सुहाउदो हुदैनन्, जसको प्रयोग बाट रोगहरुको आश्रय बन्न सक्छ, सुन्दर हुने चक्करमा भएको सुन्दरता गुम्न सक्छ, त्यसैले क्रिम पाउडरहरुको प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । साबुन र क्रिम पाउडरहरुको प्रयोग गर्दा परिक्षण गर्नु जरुरी हुन्छ ।

तपाईहरु परिक्षणको लागि डराउनु पर्दैन र परिक्षण आफै गर्न सक्नु हुन्छ । परिक्षण को लागि हाम्रो शरिरको खुम्चिने नरम भाग जस्तै कुहिनाको अगाडीको भाग अथवा कानको पछाडि घाटिको माथिल्लो भागमा क्रिम पाउण्डर वा साबुन थोरै लगाउने र ५–१० मिनेट जति पर्खने यदी सो अवधिमा लगाएको ठाँऊमा चिलायो या रातो भयो भने तपाईले प्रयोग गर्न लागेको चिजलाई प्रयोग नगर्ने, यसले तपाई लाई समस्या नित्याउन सक्छ । त्यसैले भ्रामक प्रचार प्रसार बाट बच्नु पर्दछ सकिन्छ भने निम भएको साबुनको प्रयोग लाई निरन्तरता दिनु पर्छ । क्रिम साबुनको प्रयोग गर्नु पूर्व डाक्टरको सल्लाह अनुसार क्रिम,साबुन र अन्य लोसनको प्रयोग गर्ने बानी बसाल्न सके सुन्दरतामा निखारता आउने पक्का हुन्छ ।

गर्मि समयमा चिल्लो अनुहार भएका हरुमा डण्डिफोरको समस्या देखिने हुन्छ । चिल्लो छालामा धुलो,फोहोर,किटाणुहरु टासिने भएकोले अनुहारमा डण्डिफोर निस्कने गर्दछ । डण्डिफोर लाई भुलेर पनि निर्चोनु हुदैन, निचोरेमा झन जटिल संक्रमण बढ्ने सम्भावना हुन्छ र Meningitis ( मेनिनजाईटिस् ) सम्म हुन सक्छ । यस बाट बच्नको लागि अनुहारलाई सधै सफा राख्नु पर्दछ, दिनमा कम्तिमा ५,६ पटक सफा पानिले अनुहारको सफाई गर्नु पर्दछ । अनुहारमा बाक्लो गरि शौर्धय सामाग्रीको प्रयोग गर्नु हुदैन । अनिदो हुने गरि अबेर रात सम्म जाग्नु हेदैन,पानी प्रशस्त मात्रामा दिनको १० लिटर हुने गरि प्रत्येक आधा घण्टाको फरकमा ठुलो गिलासको एक गिलास पिउने गर्नु पर्छ । गुलियो र चिल्लो खाने कुरामा ध्यान हटाउन सके राम्रो हुन्छ खानै परे कम खानु पर्छ । अनुहारमा प्रशस्त मात्रामा डण्डिफोर देखा परे डाक्टरको परामर्श लिनु पर्दछ । डाक्टरको सल्लाहमा १ देखि ३ महिना सम्म नियमित रुपमा तोकिएको औषधीको प्रयोग ग¥यो भने डण्डिफोर निकोहुन्छ ।

घाम जति सुकै भए पनि हामीले काम त गनै पर्छ । घामबाट घर या छायामा आउने बित्तिकै तुरुन्तै चिसो पानिको प्रयोग गर्नु हुदैन,या नुहाउनु हुदैन, निष्किरहेको परिना सुके पछि मात्र चिसो तर सफा पानिले नुहाउने गर्नु पर्दछ । सके सम्म बिहान साँझ नुहाए राम्रो हुन्छ नत्र साँझ अनिवार्य नुहाउनु पर्दछ, किन यो समयमा कामको चाप र बेष्तताको कारण शरिरमा पसिना धेरै आउने हुन्छ,आएको पसिनामा किटाणु,धुलो र फोहोर टाँसिएको हुन्छ भने अर्को तर्फ शरिरबाट गन्ध पनि आउने हुन्छ । गर्मिको समयमा पसिना जम्ने ठाऊहरु जस्तै कुईना,घुडाको पछाडिको भागक,काखी,कास लाग्ने ठाऊ आदि ठाऊ हरुमा सधै औषधीमय गुण भएका पाउण्डरको प्रयोग गर्नु पर्छ । छालामा समस्या पाईएमा गाऊ घरको औषधी बिधिको लागि समय खर्चेर पछि पछुताउनु भन्दा समयमै डाक्टर लाई भेटी सल्लाह अनुसार औषधीको सेवन गरि छाला लाई बचाई आफुलाई सधै सुन्दर बनाउन सकिन्छ ।