नाईजेरियामा बन्धक बनाईएका ७ बिदेशि नागरिकको हत्या

२८ फागुननाईजेरियामा बन्धक बनाईएका ७ बिदेशि नागरिकको हत्या भएको आशंका गरिएको छ । नाईजेरियामा सक्रिय रहेको अन्सारु नामको चरमपन्थि समुहले हिजो एक बिज्ञप्पि जारि गर्दै बन्धक बनाईएका सबै बिदेशि नागरिकको हत्या गरेको बताएको छ । अन्सारु चरमपन्थि संगठन बोको हरामकै एक शाखा समुह भएको बताईएको छ । ब्रिटेन, ईटालि र ग्रिसले पनि नाईजेरियामा बन्धक बनाईएका ७ बिदेशि नागरिकको हत्या भएको बताएको बिबिसीले जनाएको छ । ब्रिटेन र ईटालिका सरकारले अन्सारु समुहले आफ्ना नागरिकहरुको हत्या गरेको दावी गरेका छन । यी सात जनालाई गएको महिना एक निर्माणाधिन स्थलबाट बन्धक बनाईएको थियो ।






हेर्नुस् भिड्योसहित