के छापियो मंगलबारका दैनिक पत्रिकामा ?



आज मिति २०६९ साल चैत महिनाको ६ गते मंगलबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । रेग्मीले सोमबार बेलुका शीतल निबासमा राष्ट्रपति यादव सामु नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउनु भएको हो । यस्तै सर्वोच्च अदालतले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशको हैसियतमा कुनै काम नगर्न आदेश दिएको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।