फेसबुक वाल फोटोको कारण भारतीय युवतीको आत्महत्या

एक पटक अबश्य पढ्नु होला !! तस्विरमा देखिएकी युवतिको नाम ”रमनदिप कौर” थियो ! यिनी भारत ‘मोहली’ भन्ने ठाउँ कि बासिन्दा थिइन !! यिनले केहि महिना अघि आत्महत्या गरिन, र आत्महत्या को कारण थियो- कुनै एड्मिनले आफ्नो पेजमा यिनको फोटो राखिदियो, (उनकै नाममा, उनि नै एडमिन हुन भन्ने पाराले) अनि क्याप्सनमा लेखि दियो- ‘ कस्तो लाग्यो..’ ?? साथै ‘रेट’ पनि तोकी दियो !! त्यस पछी शुरु भयो यिन को बरबादी को दिन ! नानाथरी का कमेन्ट, गालि गलौज, अनि मोल-तोल हुन थाल्यो ! पेजको कमेन्ट ले मात्रै किन यत्ति हुन्थ्यो र ? मानिस हरु उनको घर, स्कुल कलेज, हाट-बजार, बाटो घाटो सबै तिर पछ्याउन थाले उनलाई, जहाँ सुकै मानिस ले उनको ‘मोल’ लगाउन थाले, कहिँ पनि छोडेनन् उनलाई ! गाउँ समाज, आमा बुबा, आफन्त नाता गोता सबै को नजरमा गिरिन उनि, गिराइयो उनलाई, अन्ततः ‘आत्महत्या’ गर्न बाध्य भइन उनि, भनौ, बाध्य पारियो, र यसैमा इनको देहलिला सकियो, आफैलाई बिसर्जन गरिन उनले !! मेरो अनुरोध, ति तमाम एडमिन साथि हरुलाई, जसले आफ्नो पेजको लाइक र लाइकर्स बढाउनको निम्ति, यस्तो ‘घृणित’ कार्य गर्दछ, एक पटक गम्भीर भएर सोच्नुस, भोलि, तपाइँ हाम्रै आमा दिदि बहिनि को फोटो पनि यसरि आउन सक्छ ! अरुलाई खाने बाघले आफुलाई नखाला भन्न सकिन्न !! रोक्नुस र सुधार्नुस आफुलाई !! मेरो अनुरोध तपाईहरु सबैलाई कि, आज ”एह.. यो त भारत-इन्डियामा भएको रहेछ, एउटा धोति-धोतिनी मरेकी रैछे, हाम्लाई ‘बालै फरर” भन्ने सोच त्याग्नुस, उसको ठाउमा भोलि तपाई हाम्रै चेली-बेटी को नाम/तस्विर पनि आउन सक्छ !! त्यो चोट हामि लाइ पर्यो भने, हाम्रो के हालत हुन्छ, एक पटक गम्भीर भएर सोच्नुस !! म बिन्ति गर्छु तपाईहरु सप्पैलाई, यदि कुनै पेजमा यसरि कुनै युवति को फोटो राखेर, अश्लिल र भद्दा कुरा हरु लेखिएको देख्नु भयो भने, कृपया त्यो पेज लाइ नै Unlike गर्दिनु, त्यसको पछी हो मा हो मिलाउदै नकुदनुस, सोच्नुस, तपाइको यो कार्यले कहाँ कसलाई कस्तो असर परेको हुन सक्छ !! यो नसोच्नुस कि म एक जना ले Unlike गर्दैमा के हुन्छ होला र ? धेरै फरक पर्छ, एक-एक गर्दै चेतना बढाउनु पर्छ, अब तपाइँ हामीले नै केहि गर्ने हो, सुधार गर्ने हो, अब सम्पूर्ण जिम्मेवारी तपाइँ हामीमा नै आइ लागेको छ !! जिम्मेवार बन्न सिक्नुस !! महिला मित्र हरु लाइ बिशेष अनुरोध- फेसबुकमा जथाभावी फोटो हरु अपलोड नगर्नुस, गर्ने पर्दा नि आफ्नो प्रोफाइल दह्रो सुरक्षा संग राख्नुस, आफ्नो फोटो उसैले मात्र हेर्न सकोस, जसलाई देखाउन चाहनु हुन्छ, (यस्तो सुबिधा उपलब्ध छ FB मा) अनाबश्यक साथी हरु भेला नपार्नुस, नजोडनुस !! सभ्य हुनुस र सभ्य रहन सिकाउनुस !! खास गरि मोडलिंग र फेशेनेबल हुने नाममा, आफ्ना उत्तेजक र अर्धनग्न फोटो हरु राख्दै नराख्नुस !!हेर्नुहोस यसरि गरिन आत्महत्य पुरा भिदियो


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं