बालुवाटार बालकृष्ण ढुंगेलको कब्जामा ! 'अकुपाई बालुवाटार'मा अर्कैले गर्यो अकुपाई
४ चैत, काठमाडौं । बालकृष्ण ढुंगेललाई कारवाही हुनुपर्ने माग गर्दै ‘अकुपाई बालुवाटार’ नामक अभियान अन्तरगत प्रधानमन्त्री निवास बालुवाटार परिसरमा महिनौदेखि प्रदर्शन हुँदै आएकोमा आइतबार बिहान अचम्मैको दृश्य देखियो । सधैं प्रदर्शनकारीहरुले बालकृष्ण ढंगेलको विरोध गरिएका प्लेकार्ड बोक्थे, तर आइतबार विहानचाहिँ प्रदर्शनकारीले बोकेको ब्यानरमा ढुंगेलले लालसलाम गरेको तस्वीर अंकित थियो र त्यसमा लेखिएको थियो- ‘जनताका प्यारा नेता बालकृष्ण ढुंगेलको रक्षा गरौं ।’

‘न्याय स्थापित गर्न जनअधिकार जनमञ्च’ नामक संस्था बनाई त्यसैको ब्यानरमा एमाओवादी कार्यकर्ताले बालकृष्ण ढुंगेललाई प्यारा नेता भन्दै आइतबार बिहान बालुवाटारमा प्रदर्शन गरेका हुन् । सधैंझै अकुपाई बालुवाटार अभियानमा सहभागी हुन प्रदर्शनस्थल पुगेका छोरीमैयाँ महर्जनका परिवारसमेत एमाओवादी कार्यकर्तासँगै एकाकार भएको एमाओवादीले दाबी गरेका छन् । प्रदर्शनलगत्तै कालकृष्ण डुंगेलले अनलाइनखबरसँग टेलिफोनमा भने-’आजदेखि बालुवाटार कब्जा गरियो ।’ केही दिनअघि एमाओवादी नेता लीलाबहादुर थापा र देवेन्द्र पौडेल सुनीलले संयुक्त वक्तव्य जारी गरी ढुंगेलविरुद्ध प्रदर्शन जारी राखिए प्रतिकारमा उत्रने चेतावनी दिइएको थियो ।
वाइसिएलले हस्तक्षेप गरेको गुनासो
अकुपाई बालुवाटार अभियान चलाउँदै आएका अधिकारकर्मीहरुले चाँहि आफूहरुमाथि वाइसीएलले हस्तक्षेप गरेको र ब्यानरसमेत च्यातिदिएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि अकुपाई बालुवाटर अभियान चलाइरहेका अधिकारकर्मीलाई वाइसिएलले हस्तक्षेप गरेको भन्दै उनीहरुले यसको विरोधमा प्रदर्शनमा उत्रने बताएका छन् । आफुहरुले बोकेको तुल र ब्यानर समेत वाईसिएलले च्यातिदिएको अधिकारकर्मीको आरोप छ ।
प्रहरीद्वारा धरपकड
बिहानैदेखि एमाओवादी कार्यकर्ताले बालुवाटारको गेट अगाडि कब्जा जनाएपछि दिउँसो ११ बजेतिर अकुपाई बालुवाटारका प्रदर्शनकारी त्यसतर्फ बढेका थिए । दुईपक्षीय झडप हुने खतरा बढेपछि प्रहरीले केहीलाई गिरफ्तार गरेको छ भने ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । प्रहरी परिचालनपछि एमाओवादीसमेत तितिर-वितर भएका छन् ।