मोटरसाइकल बेचेर घोडा !
४ चैत, पोखरा । इन्धन नपाएर धेरै मान्छे पेट्रोलपम्पमा लाम लागिरहेका बेला विन्ध्यवासिनीका ३९ बर्षका मोहनचन्द्र पराजुली भने व्यस्त सडकमा घोडा कुदाइरहेका हुन्छन् । सबैजना दंग परेर उनलाई हेर्छन् । केही समय अघिसम्म मोहनचन्द्र पनि मोटरसाइकल नै कुँदाउँथे । तर उनले मनाङ गएका बेला त्यतै मोटरसाइकल बेची घोडा किनेर ल्याएका हुन् ।
पोखरा सभागृहको चौरमा घोडा चराइरहेका बेला भेटिएका मोहनचन्द्रले भने-’सानैदेखि घोडा चड्ने रहर थियो, संयोग पनि त्यस्तै मिल्यो ।’ गएको तिहारपछि पाँचजना साथीसँगै मोहनचन्द्र मोटरसाइकल लिएर मनाङ घुम्न गएका थिए । दुई जना साथी बाटोबाटै फर्के । त्यसपछि मोहनचन्द्रसहित तीनजना मनाङको ढिकुरपोखरी पुग्दा मोटरसाइकल किनबेचको कुरा चल्यो । केही महिनाअघि एक लाख ५१ हजार रुपैयाँमा किनेको होन्डा कम्पनीको एक्सल मोटरसाइकल मोहनचन्द्रले दुईलाख १० हजार रुपैयाँमा बेचे ।
मोटरसाइकल बेचेपछि तीनजना थोराङ पास गर्ने भन्दै अघि बढे । हाई क्याम्पमा पुगेपछि थकान महसुस भयो । अनि मोहनचन्द्रले घोडाको बारेमा सोधे । एक दिनको चार हजार भाडा भनेपछि उनले घोडाको मूल्य कति हो भनेर सोधे । उत्तर आयो ९० हजार रुपैयाँ । एक दिनअघि मोटरसाइकल बेचेको पैसा उनको खल्तीमै थियो । मोहनचन्द्रले ९० हजार खनखनी गनेर दिए अनि घोडा चढेर आफ्नो बाटो लागे ।
मोहनचन्द्रसँग घोडा चढेको अनुभव नभएकाले थोराङसम्म घोडाधनी वीरे गुरुङ पनि सँगै आए । थोराङ पुगेपछि उनीहरुले मित पनि लगाए । पोखराबाट हिँडेको १४ दिनमा मोहन घोडा लिएर घर आइपुगे । मोहनचन्द्रले भने-’उकालो बाटो घोडा चढिन्थ्यो, ओरालोमा घोडालाई झोला बोकाएर हिँडिन्थ्यो ।’
उनले ल्याएको घोडा देखेर परिवारमा सवै दंग भएको र कतै आउजाउ गर्दा मोहनचन्द्रले घोडाको प्रयोग गर्ने गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।