अत्याधिक सेक्स चाहना जती गरे पनि कहिल्यै नपुग्ने
जति सेक्स गरे पनि कहिल्यै पुग्यो नभन्ने ४७ वर्षीया जर्मन आन्त्जे क्राप्निकको मृत्यु सेक्सकै दौरान भएको छ । क्राप्निक पुरुषलाई घर ल्याई बन्दी बनाउने अनि मन लागुन्जेलसम्म इच्छापूर्ति गर्ने ‘निम्फो’ महिलाका रूपमा बद्नाम थिइन् । छाला टांसिने र आधाभन्दा बढी स्तन देखिने लुगा लगाएर बर्लिनको बार चहार्ने अनि कम उमेरका नौजवानलाई लोभ्याएर कोठामा ल्याउने गर्थिन्, भाग्न नसक्ने गरी चुकुल लगाउंथिन् अनि, पटक–पटक सेक्स गर्न लगाउंथिन् ।
गत अप्रिलमा डिजे डिटर सुल्त्ज उनको घरमा पुगेका थिए । तीनपटक सेक्स गरिसक्दा पनि अतृप्त क्राप्निकले अर्को पांचपटक सेक्स गर्न माग गरेपछि बाथरुम जाने निहुंमा ४७ वर्षीय सुल्त्ज झ्यालबाट हाम्फालेर प्रहरीको शरणमा पुगे । प्रहरी घर पुग्दा क्राप्निक नांगै पलङमा पल्टिरहेकी थिइन्, उनले प्रहरी र सुल्त्जलाई सेक्सका लागि फेरि लल्कारिन् । पुनः सामूहिक सम्भोग चाहिन् । प्रहरीले उनलाई मनोचिकित्सककोमा लगे । त्यहां डाक्टरलाई बताइन् कि ‘दिनमा कम्तीमा १० पटक सेक्स गर्न चाहन्छु ।’ डाक्टरले पनि लाखौंमा एक-दुई जनामा क्राप्निकको जस्तो ‘अत्यधिक सेक्सको चाहना’ हुन सक्ने र यो एउटा यौनिक मनोरोग भएको बताएका थिए ।