पारसको नाममा निर्मल निवासमा १ हजार ८ ब्राम्ह्णले गरे मृत्युञ्जय पाठ !
१३ फागुन, काठमाडौं ।पूर्व युवराज पारस शाहको स्वास्थ्य लाभको कामना सहित निर्मल निवासमा १ हजार ८ ब्राम्हणले मृत्युञ्जय पाठ गरेका छन । बनकाली, देवघाट लगायत स्थानबाट झिकाइएका ब्राम्हणहरुले शनिवार पारसको स्वास्थ्य लाभको कामना सहित मृत्युजय पाठ र पुजा गरेका हुन ।

पूर्व राजा ज्ञोनेन्द्र शाह पत्नी कोमलको साता ब्यायापी जन्मदिन मनाएर काठमाडौं फर्के लगत्तै निर्मल निवासमा पारसको स्वास्थ्य लाभको कामना सहित पुजा पाठ गरिएको हो । निर्मल निवास विशेष स्रोतले दिएको जानकारी अनुसार ज्ञानेन्द्र परिवार सिरहा बाट काठमाडौं फर्कनुअघिनै यसको कार्यतालिका बनाइएको थियो । काठमाडौं फर्के लगत्तै पनि थाइल्याण्ड पुगेकी बुहारी हिमानी शाहसंग कुरागरेपछि पूर्व राजपरिवारले पुजापाठको अन्तिम तयारी गरेको थियो । स्रोतले दिएको जानकारी अनुसार पर्सिसम्ममा पूर्व युवराज पारस शाहको स्वास्थ्य स्थिति अहिलेकै अवस्था वा सुधार भएको खण्डमा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल पनि बैंकक जाने मनस्थितिमा रहेका छन ।
४ दिनअघि हृदयघातका कारण बैंककमा सिसियुमा चिन्ताजनक अवस्थामा उपचार गराइरहेका पारसलाई भेट्न पत्नी हिमानी शाह शुक्रबार बैंकक पुग्नु भएको छ भने बुधवार पूर्व राजपरिवारका ५ सदस्य बैंकक पुगेका थिए । आजै मात्र पारसको उपचार भइरहेको बैंककको अस्पतालले विज्ञप्ती निकालेर पारसको अवस्था स्थिर र गंभिर रहेको जानकारी दिएको छ ।
यसअघि हिजो सामाजिक सञ्जाल फेसबुक सहित विभिन्न अनलाईन सञ्चार माध्यमहरुले पूर्व युवराज पारस शाहको मृत्यु भएको खवर सार्वजनिक भएपछि बैंककको नेपाली दुतावास समेतले उक्त समाचार सत्य नभएको स्पष्ट पारेको थियो ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं