चीनमा विषाक्त ग्यासका कारण ११ जनाको मृत्‍यु

चीन - चीनको हेबेई प्रान्तको एक कोइलाखानीमा विषाक्त ग्यासका कारण ११ जनाको मृत्‍यु भएको छ ।



झाङ्गजियाकोउ शहरको कोईलाखानीमा तातो हावा फाल्ने पंखामा आगो लागेपछि फैलिएको कार्बन मोनाअक्साईड ग्यासका कारण कामदारको मृत्‍यु भएको स्थानीयअधिकारीले जनाएका छन् ।







घटनाका बेला खानीमा १३ जना कामदार रहेकोमा दुई जना अझै हराईरहेका र उनीहरुको खोजी भइरहेको चिनियाँ अधिकारीले बताएका छन् ।