लागु औषध नाइट्रोजन सहित ६ युवा पक्राउ
झापा,फागुन १२ । झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका ६ युवालाई लागु औषधको रुपमा प्रयोग हुने औषधी नाइट्रोजामसहित शुक्रबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर सी २ र बी १ का नारायण शंकर, डिल्लीराम भट्टराई, गंगाराम बाँस्तोला, सरोज गुरुङ्ग, अर्जुन थापा र कृष्ण अधिकारी रहेका छन् । उनीहरुलाई बेलडाँगी बजारको बस स्टेशनबाट २७ स्ट्रिप नाइट्रोजाम सहित पक्राउ गरेको सशस्त्र प्रहरी बेश बेलडाँगीले जानकारी दिएको छ । पक्राउ भएका युवाहरुलाई शुक्रबार नै इलाका प्रहरी कार्यालय दमक बुझाईएको छ ।