८ ओटा बच्चाकी आमाले गरिन आफ्नै ज्वाइसँग बिवाह!



बिशाल सापकोटा- ०४ फागुन भनिन्छ, माया गर्ने मनलाई उमेरले छेक्दैन, उमेर ढल्किएर जति बुढे भएपनि मानिसको मन भनेँ सदा जवान रहदो रहेछ । यस्तै भएको भारतको बिहार स्थित समस्तीपुर जिल्लामा । जहाँ एउटी ८ ओटा बच्चाको आमा रहेकी महिलाले नाताको मर्यादालाई नाघेर आफ्नै ज्वाईसँग बिवाह गरेकी छन । समस्तीपुर जिल्लाको छौराहि थाना स्थित डुमरी गाउँकी बासिन्दा गगां देवीले आफ्नै हात कन्यादान गरेर पठाएकी छोरीको सिउँदो खोसेकी हुन ।

आफ्नी जेठी छोरीको अशोक कुमार यादवसँग उनी आँफैले बिवाह गरिदिएकी थिईन । बिवाह पश्चात उनले ज्वाई छोरीसँगै स्थानिय खगडियाको होटलमा काम गर्न थालिन । तिनै जना एक साथ हसनपुर थानाको मल्हीपुर गाँउमा एउटा सानो कोठा लिएर बस्न थाले । सँगै बस्न थालेपछि भने तिनीहरुबिच ज्वाई सासुको मात्र सम्बन्ध रहेन् । बिस्तारै ति दुई बिच माया झागिँदै गयो, अनि त बिवाहको प्लान बनाई हाले नि । बिवाहपछि गगाँले आफ्नै हातले कन्या दान गरेर जिम्मा लगाएकी छोरीको सिउँदो खोसेर घर न घाटको बनाई दिईन ।

गगांको यो हर्कत गाउँका सबैले थाहा पाए, अनि गाउँ पञ्चायतको भेला बोलाए । पञ्चाएतमा समेत गगाँ र अशोकले एक अर्काबाट अलग हुन ईन्कार गर्दै एक साथ जिउने मर्ने कसम खाए । त्यसको बावजुद पनि गाउँ पञ्चायतको भेलालले सामाजीक मुल्य मान्यतालाई कायम राख्न उनीहरुलाई अलग गराउने फैसला गरे । पञ्चायतले गगाको जेठो छोरोलाई बोलाएर अलग्गाई छाड्ने अठोट गरेका थिए । पञ्चायतले गरेको सो निर्णयको खबर पाए लगत्तै गगांले बिष खाईन । बिषको असुरले उनको अवस्था बिग्रन थाले पछि ग्रामिण प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । तर स्थिती गंभिर हुन थालेपछि उनलाई थप उपचारका लागि पटनाको पिएमसीएच अस्पतालमा रिफर गरिएको छ ।