आफ्नै शरीरमा आगो लाउँने तिब्बतीयन युवकको मृत्यु
फागुन ३ – आत्मदाहको प्रयास गरेका एक तिब्बती युवकको उपचारको क्रममा राजधानीमा मृत्यु भएको छ।
राजधानीको बौद्ध स्तुपा नजिकै ओपन गोल्डेन आइज रेस्टुरेन्ट अगाडि बुधबार आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गर्ने तिब्बती नागरिक डोमेन डुक्चेको उपचारकोक्रम मृत्यु भएको हो । आत्मदाहको प्रयास गरेका युवकलाई बुधबार बिहान प्रहरीले उद्दार गरेको थियो । प्रहरीको उद्धार पछि उनको उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
इकान्तिपुर अनलाइनले लेखेको छ ‘सेप्टेम्बर २ मा नसकेपछि फेबु्रअरी १३ स्वतन्त्र तिब्बत माग गर्दै आत्मदाहको एक सय औं घटना काठमाडौंमा गराउने प्रयासका लागि केही दिनअघि भारतको धर्मशालाबाट ३० जनाको टोली नेपाल छिरेको बुझिएको छ ।’ उनको उपचारमा संलग्न डाक्टरका अनुसार ९० प्रतिशत शरीर जलेको थियो । विभिन्न ठाउँमा आत्मदाह गरेर मर्ने तिब्बतीको संख्या ८३ पुगिसकेको छ । तिब्बतीहरुले स्वतन्त्र तिब्बतको माग गर्दै आत्मदहको प्रयास गर्दै आएका छन्