दीपिकाले पहिरिन्,लेहेङ्गाको तौल ३९ किलोको !!

एजेन्सी, माघ १२ । बलिउडमा संजय लीला भन्सालीको आउन लागेको नयाँ फिल्ममा नायिका दीपिका पादुकोणले ३९ किलोको लेहेङ्गा पहिरिएको दाबी गरिएको छ । भन्सालीको नयाँ फिल्म ‘राम लीला’को एक दृष्यमा दीपिकाले सो लेहेङ्गा पहिरिएको बताइएको हो । हालैमा उक्त फिल्मको पोस्टर समेत सार्वजनिक भएको छ । दीपिकाले पहिरिएको उक्त लेहेङ्गको डिजाईनर अन्जु मोदी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । संजय लीला भन्सालीको फिल्म ‘राम लीला’मा दीपिका र नायक रणवीर कपुरले मूख्य भूमिका निभाएको बताइएको छ ।