७२ वर्षीय वृद्धले १२ वर्षकी बालिकालाई बलात्कार गरे

माघ १२ – कैलालीमा पछिल्लो समयमा बलात्कारका घटनाहरु बढ्न थालेका छन् । यसै सन्दर्भमा कैलालीको गदरिया ४ का ७२ बर्षिय बिरबहादुर साउदले सोही ठाउँ बस्ने १२ वर्षिया बालिकाको बलात्कार गरेको रहस्य खुलेको छ । बालिकाका परिवारले प्रहरीमा बिहिवार उजुरी दिएपछि घटनाको रहस्य खुलेको हो । गत माघ ३ गते घर नजिकैको जङ्गलमा घास काट्न गएका बेला साउदले बालिकाको बलात्कार गरेको र बालिका सुस्त मनस्थीतिकी भएका कारण बलात्कार भएको कुरा ढिलो थाहा पाएको परिवारिक श्रोतले जनाएको छ । बलात्कार गर्ने बृद्ध भने त्यहिदिनदेखि बेपत्ता रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।