एयरपोर्टमा मान्छेका टाउकै टाउका फेला परे
अमेरिकाको सिकागो विमानस्थलमा मान्छेका १८ वटा टाउका फेला परेका छन् । इटालीबाट पठाइएका प्याकमा १८ वटा मान्छेका टाउका भेटिएको घटनाले सबैलाई त्रसित समेत बनायो । एयरपोर्टका अधिकारीहरुले चेकजाँचको क्रममा फेला पारेका ती टाउका कसका हुन् र त्यसरी विभत्स रुपमा किन अमेरिका पठाइयो ? भन्ने कुराको अनुसन्धान गरिरहेका छन् ।
अन्ततः ती मानव टाउका वैज्ञानिक अध्ययनका लागि दान गरिएको र नष्ट गर्नका लागि अमेरिका पठाइएको तथ्य खुलेको छ । इटालीको रोममा अनुसन्धान सम्पन्न भएपछि त्यसलाई अनुसन्धान संस्थाले व्यवस्थित रुपमा अमेरिका पठाएको अधिकारीहरुले बताए । अमेरिकी अधिकारीहरुले बेवारिसे मानव टाउका सिकागो एयरपोर्टमा आएको भन्ने हल्ला अस्विकार गर्दै व्यवस्थित रुपमा कार्गो गरेरै इटालियन कम्पनीले डिस्पोजलका लागि मानव टाउका पूर्व जानकारी सहित पठाएको स्पष्ट पारेका छन् । सुरुमा ती मानव टाउका पठाइएको विषयका कागजात यताउती परेकाले केही भ्रम भने भएको ती अधिकारीले स्विकार गरे ।