प्रेमिले गर्भवती बनाएर धोका दिएपछि एक युवतीले गरिन् आत्महत्या
१९ पुस, विराटनगर । प्रेममा धोका पाएपछि सिरहा घर भई हाल विराटनगर–१३ बस्ने १८ वर्षीया अन्नु कर्णले आज झुण्डिएर आत्महत्या गरेकी छिन् । विराटनगरको लर्डबुद्ध बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययन गर्ने कर्ण आज बिहान मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ । तीन दिदीबहिनीसहित विराटनगरमा बसिरहेकी कर्णलाई जतुवाका उदय यादवले प्रेममा फसाएर धोका दिएको मृतकका परिवारजनले बताएका छन् । उनी तीन महिनाको गर्भवतीसमेत रहेको कोसी अञ्चल अस्पतालले जनाएको छ।