इजिप्टको फुटबल दंगामा ३३ को मृत्यु, मुख्य ३ शहर संकटकाल घोसित (भिडियोसहित)
फुटबल दंगामा दोषी ठहर भएका २१ जनालाई मुत्युदण्ड दिने अदालतको फैसलापछि फैलिएको हिंसामा ३३ जनाको मृत्युपछि ईजिप्टका तीन शहरमा संकटकाल लगाइएको छ ।
ईजिप्टका राष्ट्रपति मोहमद मुर्सीले हिंसाग्रस्त तीन शहरमा संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति मुर्सीले राष्ट्रको नाममा सम्बोधन गर्दै पोर्ट सेज, सुयज र ईस्लामियां शहरमा आगामी तीस दिनसम्म संकटकाल लागु हुने घोषणा गरेका हुन् । राष्ट्रपति मुर्सी विरुद्ध राजधानी कायरोको ताहरिर स्क्वाएरलगायतका स्थानमा विरोध प्रदर्शन जारी छ । विपक्षहरुले होस्की मुबारकलाई पतन गराउने आन्दोलनलाई धोका दिएर मुर्सीले नयां संविधानमार्फत देशमा निरंकुशता लाद्न खोजेको आरोप लगाईरहेका छन् । गएको बर्ष इजीप्टको पोर्ट सइद स्टेडियममा भइरहेको फुटबल प्रतियोगीतामा अल मास्री क्लबका समर्थकहरुले अल आहली क्लवबका समर्थक माथी आक्रमण गर्दा ७४ जनाको ज्यान यसरी गएको थियो भिडियो हेर्नुहोस्


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं