प्रचण्ड र प्रधानमन्त्रीलाई अवरोध गरेपछि भक्तपुरमा झडप
माघ १३ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलका कार्यकर्ताले अवरोध गरेपछि भक्तपुरमा झडप भएको छ ।
एकीकृत नेकपा (माओवादी) को पाचौँ भक्तपुर जिल्ला सम्मेलनको उद्घाटनका लागि भक्तपुर प्रधानमन्त्री साथै अध्यक्ष दाहाललगायतका नेताहरुलाई विपक्षी दलका कार्यकर्ताले भक्तपुरको सल्लाघारीमा अवरोध गरेका छन् । सो क्रममा प्रहरी र विपक्षीदलका कार्यकर्ताबीच केहीबेर दोहोरो झडप भएको थियो । झडपमा परी नेपाली काँग्रेसका दुर्लभ थापा, पूर्ण विसुङ्खे, रमेश पौडेललगायत पाँचजना विपक्षी दलका कार्यकर्ता घाइते भएका छन् । त्यसपछि प्रधानमन्त्रीलगायतका नेताहरु पूरानो ठिमीहुँदै कार्यक्रमस्थल पुगेका थिए ।