दरबारमार्गमा रेखाको तहल्का

दरबारमार्गको महेन्द्र सालिक नजिकैको टाइम्स स्क्वायर भवनको माथिल्लो तलामा करिब एक महिनाअघि नयाँ रेष्टुरेन्टको स्थापना भएको छ। रेष्टुरेन्टको नाम हो–म्याकालान। रेष्टुरेन्टका सञ्चालक हुन् प्रशान्त शर्मा। बाहिरी रुपमा शर्मा रेष्टुरेन्टका सञ्चालक भए पनि वास्तविक सञ्चालक भने डन गणेश लामा हुन्। शर्मा लामाका बिश्वासिला व्यक्ति हुन्। आफ्नो भेटघाट र धन्दाका अखडाका रुपमा प्रयोग गर्न लामाले यो रेष्टुरेन्ट खोलेको स्रोत बताउँछ।

यही रेष्टुरेन्टमा न्यू इयरइभमा निकै रमाइलो घटना देखियो। अहिलेको चर्चित अभिनेत्री रेखा थापा रेष्टुरेन्टमा आकर्षणकी पात्र थिइन्। रेष्टुरेन्ट सञ्चालक लामा त नहुने कुरै भएन। अति महंगा रक्सी बिक्री गरिएको त्यो दिन रेखाले आफ्नो आमालाई समेत सँगै लिएर गएकी थिइन्। तर, उनकी आमा धेरै बेर बसिनन्। बिन्दास रेखालाई त समयको कुनै मतलब नै थिएन। त्यसकारण उनले आमालाई बेलुका १० बजेतिर नै घर पठाइन्। डन लामाकै गाडीले उनलाई लिफ्ट दियो। रेखा भने मदिरा र डान्समा मस्त थिइन्। रेखाको त्यो दिनको ताल देखेर रेष्टुरेन्टमा भएका अन्य ग्राहक आश्चर्यमा परे। बिहान भएपछि लामाकै गाडीमा उनी निस्किएकी थिइन्। निर्माता छवि ओझासँग सम्बन्ध बिच्छेद गरेकी रेखालाई आजभोलि कलाकारहरूले विभिन्न स्थानमा विभिन्न व्यक्तिसँग भेटाउने गर्दछन्। तर, लामासँगको रेखाको एउटा स्वार्थ पनि छ। त्यो हो चलचित्र विकास बोर्डमा नियुक्त हुने। उपप्रधान तथा गृहन्त्री विजयकुमार गच्छेदारसँग लामाको राम्रो सम्बन्ध भएको थाहा पाएपछि उनी नजिकिएकी हुन्। विभिन्न व्यक्तिलाई प्रयोग गर्न रेखा खप्पिस छिन्। एक समय प्रचण्डसँग नाचेर माओवादीसँग उनी नजिकिएकी थिइन्। पछि वाइसीएलका नेता सागरसँग भाइटिका लगाएर स्वार्थ पूरा गरिन्। तर, सागरले पनि उनलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाइदिन नसकेपछि रेखा अन्य व्यक्तिहरूसँग नजिकिएकी हुन्। स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले त उनलाई नियुक्त गर्न प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समेत दबाब दिएका छन्। तर सञ्चारमन्त्रीले नमान्दा उनी सपना साकार हुन सकेको छैन। ‘विकास बोर्डमा पोर्नस्टार नियुक्त गर्ने हो र?’ बोर्डको अध्यक्षमा रेखाको नाम प्रस्ताव गरेपछि सञ्चारमन्त्री राजकिशोर यादवले उनलाई यसरी उडाइदिएका थिए। रेखा विभिन्न व्यक्तिलाई प्रयोग गर्न कति धेरै खप्पिस छिन् भन्ने कुरा त उनको विवाह सम्बन्धबाट पनि पुष्टि हुन्छ। छवि ओझाले नै उनलाई चलचित्र क्षेत्रमा ल्याउने मात्र होइन स्थापित गराउने काम समेत गरे। तर जब उनी स्थापित भइन् अहिले उनले आफ्नै पतिलाई समेत छोडिसकेकी छिन्। स्रोतका अनुसार एक दर्जन व्यक्ति चलचित्र विकास बोर्डको अध्यक्ष बन्न खोजे पनि सञ्चारमन्त्री यादवले भने सिराहाका पप्पु भनिने धर्मेन्द्र मोरबोतालाई बोर्डको अध्यक्ष बनाउने लागेको स्रोत बताउँछ। पप्पु मैथीली फिल्ममा अभिनय गर्दै आएका छन्। स्रोतका अनुसार अध्यग्क्ष नियुक्ति सम्बन्धी चलखेललाई नै लिएर अहिले बोर्डमा ताला लगाउने लगायतका राजनीति भएका हुन्। अहिले विमल पौडेलदेखि शिवजी लामिछाने, नीर शाहसम्मका व्यक्ति बोर्डको अध्यक्ष बन्ने धुनमा छन्। चेतन सापकोटा भने रेखा थापालाई नै अध्यक्ष बनाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन्। source : nepal24hour