सत्य-स्वरुपको स्वरमा माग्ने बुढाको झटारो (फोटो फिचर )
एकता अनलाईन सेवाको एकता हेल्पलाईनले नयाँ वर्ष २०१३ को अवसरमा चर्चित गायक सत्यराज- स्वरुपराज आचार्य तथा चर्चित हास्यकलाकार केदार घिमिरे -माग्ने बुढा)को साथमा अष्ट्रेलियामा विविध साँस्कृतिक एवं हास्य व्यङ्ग्य कार्यक्रम हर्षभिल स्थित माराना अडिटेरियममा सम्पन्न गरेको छ ।
२०१३ को जनवरी ५ तारिख शनिवार सिड्नीबाट शुरु भएको सत्य स्वरुप साँझ तथा माग्ने बुढाको व्यङ्ग्य प्रस्तुती अष्ट्रेलियाका अर्को प्रमुख शहर मेलवर्नको ब्रउन्सवीकमा रहेको साइप्रस कम्युनिटी हलमा सम्पन्न भएको एकता हेल्पलाईनले जनाएको छ । हेल्पलाईनको नीला बचाउ अभियान अन्तर्गत भएको उक्त कार्यक्रमबाट हुने आम्दानी एडिलेडमा बस्नुहुने स्तन क्यान्सर पीडित नीला शर्मा चौधरीको उपचार खर्चमा सहयोग गरिने छ । अष्ट्रेलियाका नेपालीहरुलाई नयाँ वर्षमा भरपुर मनोरञ्जन गराई नीलाको स्वास्थ्य उपचारमा सहयोग रकम जुटाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दूतावसका उप नियोग प्रमुख लोकबहादुर थापा, एनआरएनका संस्थापक तथा संरक्षक डा. उपेन्द्र महतो लगायत संरक्षक इन्द्रा वन, ओसिनिया संयोजक मन के सी, एनआरएन अष्ट्रेलियका अध्यक्ष गणेश केसी लगाएत समुदायका अगुवाहरु ब्यवासायी गरेर ठूलो संख्यामा नेपालीको उपस्थिति रहेको थियो । कार्यक्रमकलाई सम्बोधन गर्दै नेपाली दूतावसका उप नियोग प्रमुख थापाले कल्याणकारी काममा युवा पुस्ताको सक्रियताको प्रसंसा गर्दै नेपाली दुतावासले यस्ता कामलाई सधै समर्थन गर्ने बताउनुभयो । यस्तै एन आर एनका संस्थापक डा. महतोले ब्यवसाय र कल्याणकारी काम सँगसँगै शुरु गर्न सुझाव दिनुभयो । कार्यक्रममा समाजसेवी इन्द्र वन, तथा समुदायका सक्रिय युवाहरु धर्मराज अधिकारी र दिपाश्री शाहलाई सम्मान गरिएको थियो । सुमधुर स्वरका धनी सत्य तथा स्वरुपराज आचार्यको प्रस्तुतीलाई नेपालीहरुले रुचाएका थिए । साथै कार्यक्रममा हँास्यकलाकार केदार घिमिरे -माग्ने बुढा) ले नेपालको राजनीति तथा सामाजिक बिकृतिहरुको ब्यङ्ग्य गरेका थिए । युनाइटेड नेप्लिज आर्ट एण्ड इन्टरटेनमेन्टका कलाकारको नृत्यका साथै स्थानिय कलाकारहरु ईश्वर पोखरेल, राजेश केसी, प्रदिप चापागाइर्ं, राजकुमार गोश्वामी, दिल तामाङ लगायतले आ-आफ्नो गीत गाएका थिए ।पुरा हेर्नुहोस्