चालकले मापसे गरे गाडी आफै बन्द हुने !
काठमाडौंमा चलिरहेको मापसे अभियान धेरै पियक्कडहरुका लागी टाउको दुखाईको विषय हुनसक्छ । नखाउँ भने तलतल लाग्ने, खायो ट्राफिकले समान्ते । तर, अब उनीहरुका लागि झन ठूलो समस्या आउन सक्छ । अब बैज्ञानिकहरु यस्तो गाडी बनाउन जुटेका छन्, जुन पियक्कडहरुले हाँक्न सक्दैनन् । गाडीमा हुने टच र ब्रेथ बेस्ड सेन्सरले चालकको अवस्था पत्ता लगाउँछ । यदि मदिरा पिएको भए इन्जिन नै स्टार्ट हुन दिँदैन ।
अमेरिकी अनुसन्धानकर्चाहरु गाडीमा लगाउने यस्तो सेन्सर बनाउने क्रममा छ छन् । शोधकर्ता बड जूक भन्छन्-’हाम्रो उद्देश्य यस्तो सेन्सर बनाउने हो, ड्राइविङ सिटमा बसेका मानिसले लिग लिमिट ०.०८ भन्दा बढी पिएर त आएका छैनन् भने पत्ता लागोस् ।’ गाडीमा टच बेस्ड डिटेक्टर हुँदाको फाइदा स्टार्ट बटम थिच्नासाथ गाडीको इन्जिन स्टार्ट हुन्छ र एक छोटो इन्फ्रारेड लाइट तपाईको औलामा चम्किन्छ । यो लाइटले औलाको टिस्यूमा अल्कोहलको मात्रा देखाउँछन् । अल्कोहलको मात्रमा ०.०८ भन्दा बढी पाइए गाडी चल्दैन । यस्तै सासमा अल्कोहलको मात्र चेक गर्न स्टेयरिङ हृवीलमा सेन्सर हुन्छ । यद्यपी यो गाडी बजारमा आउन केही वर्ष लाग्न सक्ने छ ।- एजेन्सीको सहयोगमा