जमिनमुनी भेटियो करोडौंको सुन

अष्ट्रेलियामा एक व्यक्तिले जमीनमुनी साढे ५ किलो सुन भेट्टाएका छन् । भिक्टोरिया राज्यको बालाराट शहरमा एक व्यक्तिले मेटल डिटेक्टरको सहयोगमा ६० सेन्टिमिटर मुनी सुनको डल्लो भेट्टाएका हुन् ।

भेटिएको सुनको मूल्य ३ लाख १५ हजार डलर पर्छ । स्थानीय सुन विशेषज्ञका अनुसार दशकौंदेखि उक्त इलाकामा सुनको खोजी हुँदै आएको थियो । तर, यती ठूलो परिमाणमा भेटिएको यो पहिलो पटक हो । समाचारमा जनाइए अनुसार उक्त सुन भेट्टाउने व्यक्तिले अत्याधुनिक मेटल टिटेक्टरको प्रयोग गरेका थिए । संचारमाध्यमहरुले सुन भेटाउने ब्यक्तिको परिचय खुलाएका छैनन् । भेटाएको सुन देखाउँदै गरेको भिडियो युट्युवमा पोष्ट गरिएको जसलाई दुई दिनभित्र सवा दुई लाखले हेरिसकेका छन् । उनले भने- मैले दुई दशकदेखि सुनको खोजी गरिरहेको थिएँ, यो निकै खुसीको कुरा हो ।’ जमिन खनेर पैसा निकाल्न पाउनु निकै आश्चर्यको कुरा भएको यसले मानिसमा आशा जगाउने उनले बताए । भिडियो हेर्नुहोस्