बेलायतद्वारा नेपाललाई दुई अर्ब अनुदान सहयोग
१२ माघ, काठमाण्डौ । बेलायतले कृषिजन्य उद्योगलाई बजारसम्म पहुँच पुर्याएर प्रवर्द्धनका लागि नेपाललाई करिव दुई अर्ब ३२ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सहयोग दुई बेलायती संस्थाहरु डिएफआइडी र एडमस्मिथ इन्टरनेसनल नेपालले नेपाल सरकारलाई उपलब्ध गराउने छन् । शुक्रवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रमकावीच उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा र डिएफआइडी नेपालका प्रमुख डोमिनिक ओ-निल र एडमस्मिथ इन्टरनेसनलका परियोजना निर्देशक ह्रयारी केन्डेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । पाँच वर्षका लागि गरिएको सम्झौतामा नेपाल बजार विकास परियोजनाद्वारा ग्रामीणक्षेत्रका तीन लाख कृषि उद्यमीको क्षमता वृद्धि गरी रोजगारी अभिवृद्धि र गरिबी न्यूनीकरण गर्ने उद्देश्य रहेको छ । यस वर्ष तराई र पहाडका २२ जिल्लाबाट परियोजनाको सुरुरुवात गरिने सहसचिव खतिवडाले जानकारी दिनुभयो । त्यसपछि कार्यक्रमको प्रभावकारिता हेरेर ७५ वटै जिल्लामा कार्यक्रम लागु गरिने छ ।