दिल्ली सामूहिक बलात्कार पीडितको नाम सार्वजनिक

२२ पुस, काठमाडौं । दिल्लीको सामूहिक बलात्कारको शीकार भएपछि मृत्यु भएका युवतीलाई विश्वभर भारतकी छोरी भनेर चिनिन्छ । उनको बाबुको अनुमतीमा अब पीडित युवतीको नाम सार्वजनिक भएको छ । उनको नाम ज्योती सिंह पाण्डे भएक मिरर न्यूजले नजाएको छ ।

उनका ५३ वर्षीय बाबु बद्रीले भनेका छन्-’हामी चाहन्छौं कि उनको वास्तविक नाम विश्वलाई थाहा होस् । मेरी छोरीले केही गल्ती गरेकी छैन । आत्मरक्षा गर्दा गदै उनको निधन भएको छ । मलाई मेरो छोरी प्रति गर्व छ ।’ उत्तर प्रदेशकी ज्योती आफ्ना केटासाथीसँग फिल्म हेरेर र्फकने क्रममा सामूहिक बलात्कारको शिकार भएकी थिइन । उनको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो । वलात्कारको घटनापछि भारतमा वलात्कारीलाई फाँसी दिन माग गर्दै आन्दोलन चर्किएको छ । मृतकका बाबु बद्रीले वलात्कारीलाई मृत्युदण्ड दिन माग गरेका छन् । उनले भने-’महिले म उनीहरुलाई आफ्नो आँखा अगाडी देख्न चाहन्छु । म उनीहरुलाई फाँसी भएको सुन्न चाहन्छु । अरु केही चाहिन्न ।’

‘बलात्कारी सबै बिहारी’

सामूहिक बालात्कारको घटनालाई लिएर महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेले बिहारीप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् । मराठी भाषामा दिएको भाषणमा उनले बलात्कार गर्नेहरुको बारेमा प्रश्न नगरिएको भन्दै आक्रोस पोखेका छन् । उनले भने-’सबै बलात्कार-बलात्कार भनेर चिच्याइरहेका छन् । तर, सबै बलात्कारी बिहारी छन्, यो कसैले पनि भनिरहेका छैनन् ।’ उनले यसअघि महाराष्ट्रमा बिहारीहरुलाई ‘घुसपैठिया’ भनेपछि उनीविरुद्ध दिल्ली पुलिसले मुद्धा चलाएको छ ।