तपाईंको आजको राशिफल



तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल पुष २४ गते मंगलवार, एकदशी।

...मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ ।
सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक
जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक
यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक
लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय
प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने
हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक
मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ ।
मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक
रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ
प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ ।
नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म
गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य
कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ ।
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई
मन पेट खोलेर नदिनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र
सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन
जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य
प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने
समय छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त
हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु
पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ ।
व्यापारिक कारोबारमा सुधार आउने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र
बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ
प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । उत्तर
वा पूर्व दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन
प्राप्त हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ ।
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट
उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै
तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् ।
राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन
सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।
नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न
महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ ।
अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने
योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ ।
अरुको कामको लागि समय र धन दुवै खर्च होला ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ